११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

वित्तीय क्षेत्रमा साना किसानको योगदान महत्वपूर्ण छः विष्णु पन्थी



बाबुराम रायमाझी, वाणगंगा ।
प्रदेश नं. ५ का प्रदेशसभा सदस्य विष्णु पन्थीले साना किसान कृषि सहकारीले गाउँमा रहेका किसानहरुलाई ग्रामिण अवश्यकता पुरा गर्न बैंकिक रुपमा सहजै रुपमा किसानको घर आगँनमा वित्तीय सुविधा पुर्याएको भन्दै प्रशंसा गर्नुभएको छ ।
सहकारी बलियो हुँदा बिकास दिगो र बलियो हुने भन्दै सहकारीको भौतिक संरचना पुन निर्माणको लागि जनप्रतिनिधीको रुपमा सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड भलवाडको २० औं बार्षिक साधारणसभामा बोल्दै सांसद पन्थीले भलवाड कृषि क्षेत्र भएकाले सिंचाईको समस्या पुरा हुने दाबी गर्नुभयो ।
आफुले कृषिको लागि मल, बिउ उपलब्ध गराउने बताउँदै उहाँले किसानलाई आधुनिक प्रविधिबाट खेती गर्न आग्रह गर्नुभयो । साथै उहाँले कृषि पेशा उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिदै उहाले यसले मात्र किसानको आय-आर्जनमा बृद्धि हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल कृषि सहकारी संघ केन्द्रिय सञ्चालक प्रदेश ५ का संयोजक नर बहादुर घर्तीमगरले कृषिमा व्यावसायिकरण गर्नुपर्ने बताउँदै ऋणीले संस्थाबाट ऋण लिएपछि उद्धेश्य अनुरुप कार्य गर्नुपर्ने बताउनुभयो ।
साधारण सभामा जिल्ला सहकारी संघका उपाध्यक्ष तेज प्रसाद आचार्य, वडाध्यक्ष ध्रुव वेल्वासे, साना किसान बुद्धभूमिका उपाध्यक्ष चुरामणि पोख्रेल, भलवाड स्वास्थ्य चौकी प्रमुख जितबिकास रायमाझी, शेयर सदस्य मिलन बुढा मगर, गीता बि.क. लगायतले २० औं साधारण सभाको सफलताको शुभ कामना दिनुभएको थियो ।
साधाण सभामा संस्थामा नियमित बचतकर्ता, बाल बचतकर्ता, पेन्सन वचतकर्ता, विशेष बचतकर्ता, जेष्ठ नागरीक, एकल महिला वचतकर्ता, पूर्व सञ्चालक समिती, पूर्व लेखा समितिलाई प्रशंसा पत्र, मायाको चिनो र दोसल्ला ओढाएर संस्थाले सम्मानित गरेको थियो ।
साधारण सभामा संस्थाका अध्यक्ष कुमार मधु वेल्वासेले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने प्रवन्धक मान कुमारी गरीले आर्थिक वर्ष ०७५÷०७६ को कुल १४ करोड ६१ लाख ५२ हजार बराबरको आय–व्यय सार्वजनकीकरण गर्नुभएको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७६ शनिबार ००:००  ७ : १६ बजे