मायादेवी अनलाइन ।
टाइफाइड एक संक्रामाक रोग हो, जो कलेजोको कमजोरीले निम्त्याउँछ । टाइफाइडको कारण शरीरमा ज्वरो आउँछ र शरीरको सबै हिस्सामा पीडा हुन थाल्छ । यो ज्यान लिने रोग हो, यदि समयमै उपचार गर्न सकिएन भने ।
कस्तो हुन्छ लक्षण ?
– पेट तथा टाउको दुख्नु
– अचानक ज्वरो आउनु, बान्ता हुनु
– अत्याधिक पसिना आउनु र टाउको चिसो महसुष हुनु
– कब्जियत हुनु र कमजोरी महसुष हुनु
किन हुन्छ टाइफाइड
टाइफाइड शरीरमा संक्रमणको कारण हुन्छ । यसर बिस्तारै कलेजोमा नोक्सान र्पुयाउँछ र पुरै शरीरलाई असर गर्छ ।
– पहिलो कारण फोहोर एवं दुषित पानीको सेवन तथा नुहाउनु
– दुषित पानीले खाना बनाउनु ।
– दुषित पानीले फल एवं सब्जी धुनु
– साथै टाइफाइटग्रस्त व्यक्तिसँगको संगतले अर्को व्यक्तिमा यो रोग सर्छ ।
के छ घरेलु उपचार ?
सकेसम्म त रोग लाग्न नदिन सतर्कता अपनाउनु पर्छ । फाहोर एवं दुषित पानी पिउनु हुँदैन । त्यस्तो पानी प्रयोग गरेको फलफूल, सब्जी सेवन गर्नु हुँदैन । गर्मी याममा बाहिर पाइने खानेकुरा पनि सेवन गर्नु राम्रो हुदैन ।
तुलसी र मरिच प्रयोग
टाइफाइडका रोगीलाई तुलसी एकदमै फाइदाजनक हुन्छ । मरिचको पाँच दाना र चार पत्ता तुलसीलाई पिसेर पेस्ट तयार गर्ने । यस पेस्टलाई पानीसँग मिलाएर पिउनुपर्छ ।
गाजर
टाइफाइडको रोगमा गाजरको रस सेवन गर्नु लाभदायक हुन्छ । साथै काचो गाजर सेवन गर्दा पनि फाइदा हुन्छ ।
लसुन
टाइफाइडले कलेजोमा नराम्ररी संक्रमण गर्छ । यस्तो अवस्थामा लसुनको दुई, चार पोटी भुटेर खाली पेटमा खान दिनु पर्छ ।
अदुवा एवं स्याउ
स्याउ र अदुवाको जुस पनि टाइफाइड रोगीले सेवन गर्दा राम्रो हुन्छ ।
महको प्रयोग
टाइफाइटबाट बच्ने निकै राम्रो औषधी हो, मह । एक कप तातो पानीमा दुई चम्चा जति मह मिसाएर पिउनुपर्छ ।
पुदिना
पुदिनाले ज्वरो ठिक गर्छ । टाइफाइडको कारण कसैलाई उच्च ज्वरो आयो भने एक कप पानीमा पुदिना र अदुवाको रस मिसाएर पिउन दिनुपर्छ ।
सावधानी
१. सधै स्वच्छ पानी पिउनुपर्छ । पानीलाई राम्ररी उमालेर चिसो भएपछि पिउने ।
२. खाना खानुअघि राम्ररी हात धुने ।
३. जतिसक्दो, ताजा र पौष्टिक आहारा लिने । भुटेको, तारेको खानेकुरा नखाने । मासु नखाने ।
प्रतिक्रिया