११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

सकियो कर सप्ताह, अर्घाखाँची र कपिलवस्तुका करदाता सम्मानित



मायादेवी अनलाइन, वाणगंगा ।
मंसिर १ गतेदेखि संचालित आठौं राष्ट्रिय कर सप्ताहको कपिलवस्तुको कृष्णनगरमा शनिबार औपचारिक समापन भएको छ । आन्तरिक राजश्व कार्यालय कृष्णनगर कपिलवस्तुले मंसिर १ गतेदेखि ७ सम्म साताव्यापी विभिन्न कार्यक्रम गरेर दिवस मनाएको हो ।
कार्यालयले दिवसका अवसरमा उद्योग वाणिज्य संघ, स्थानीय सरकार, संघसंस्था तथा करदाताका माझ रचनात्मक कार्यक्रम गरेर दिवस सफलतापूर्वक सम्पन्न भएको प्रमुख कर अधिकृत पुर्ण प्रसाद न्यौपानेले जानकारी दिनुभयो । स्वच्छ कर प्रशासन, विकास र सुशासन भन्ने नाराका साथ देशैभर आठौ राष्ट्रिय कर दिवस मनाइएको हो ।
कार्यक्रममा प्रमुख अतिथी कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले मुलुकको कर प्रणाली राम्रो र सहज भएको बताउनुभएको छ । उहाँले कसैले पनि कर छली गर्न नहुने बताउदै समयमै सवैलाई कर बुझाउन आग्रह गर्नुभएको छ । उहाँले राज्यले तिरेको करले देशको सम्बृद्धि र विकास हुने भएकाले यसतर्फ सवै नागरिकको कर बुझाउनु कर्तब्य भएको बताउनुभयो ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत पुर्ण प्रसाद न्यौपानेले आफ्नो प्रयासबाट करदाता मैत्री कार्यालय बनाएको बताउनुभएको छ । उहाँले कर सप्ताह सफल बनाउन सहयोग पु¥याउने कपिलवस्तु उद्योग वाणिज्य संघ लगाएतका संघसंस्था, स्थानीय सरकार, करदाता, उद्योगी व्यवसायी, पत्रकार सवैलाई विशेष धन्यवाद व्यक्त गर्नुभएको छ । कार्यक्रममा वडा अध्यक्ष सुदिप पौडेल, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर अली मिया, भन्सार कार्यालय निमित्त प्रमुख, इलाका प्रशासन कार्यालय चन्द्रौटाका लगाएतका प्रतिनिधीले बोलेका थिए ।
कर दिवसको अवसरमा सवैभन्दा बढि कर तिर्ने करदाताहरुलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेमा अर्घाखाँची आयल डिष्टिव्युटरका बलराम बन्जाडे र कपिलवस्तु बुद्ध इन्टर प्राइजेजका संजय अग्रवाल रहेका छन् । त्यस्तै यसवर्ष आन्तरिक राजश्व कार्यालय तर्फको उत्कृष्ट कर्मचारीमा कार्यालयमा रही उत्कृष्ट कार्य सम्पादन गरेवापत नासु हिरालाल चौधरी सम्मानित हुनुभएको छ ।
दिवसकै अवसरमा आयोजित व्याडमिन्टन प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई पुरस्कार तथा सम्मान गरिएको छ । प्रथम हुनेमा इलाका प्रहरी कार्यालय कृष्णनगरका दामोदर बुढाथोकी, नरेन्द्र चौधरी, द्धितिय हुनेमा शसस्त्रका तुलसी वेलवासे र रबी चन्द र तृतीय हुने समुहलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७६ शनिबार ००:००  ३ : ०२ बजे