११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

पकडीमा सामुहिक बलत्कार गरी फरार बनेका मुख्य आरोपित पक्राउ



मायादेवी अनलाइन, तौलिहवा ।
आजभन्दा चार बर्ष पहिला एक युवतीमाथि सामुहिक बलत्कार गरि फरार बनेका अभियुक्त पक्राउ परेका छन् ।  जिल्लाको साविक पकडी गाविस (हाल मायादेवी गाउँपालिका) मा एक युवतीमाथि ५ जना युवाले सामुहिक बलत्कार गरेका थिए ।
जसमध्येका मुख्य आरोपित कलामुद्धिन मुसलमानलाई कपिलवस्तु प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय पकडीले शनिबार दिउँसो मुसलमानलाई पक्राउ गरेको हो ।
युवती भारती थिइन् । उनलाई बलत्कार गरेर अभियुक्तले भिडियो बनाई सामाजिक सञ्जालमा राख्ने योजना बनाएका थिए । घटना सार्वजनिक भएपछि कपिलवस्तुका अधिकारकर्मीले दोषिलाई पक्राउ गर्न तीव्र दबाब दिएका थिए । घटना घटेपछि प्रहरीले उतिबेलै दुई जनालाई तत्काल पक्राउ गरेको थियो भने तीन जना फरार रहदै आएका थिए ।
जसमध्येका एक मुख्य आरोपित शनिबार पक्राउ परेका हुन् । अझै दुई जना फरार रहदै आएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७६ शनिबार ००:००  २ : ५५ बजे