११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

‘भनिन्छ रात रहे अग्राख पलाउँछ’, भारतमा यस्तै भयो !



मुम्बई ।

रात रहे अग्राख पलाउँछ । भारतको महाराष्ट्र राज्यको सत्ता राजनीतिमा यस्तै भएको छ । शिवसेना–एनसिपी र कांग्रेस गठबन्धन सरकार बनाउन असफल भएपछि शनिबार बिहान भारतीय जनता पार्टी (बिजेपी) ले नेश्नलिस्ट कांग्रेस पार्टी (एनसिपी) को समर्थनमा सरकार बनाएको छ ।

नयाँ गठबन्धन अनुसार बिजेपीका देवेन्द्र फडणाभिस मुख्यमन्त्री बनेका छन भने एनसिपीबाट अजित पवार उप–मुख्यमन्त्री बनेका छन् । राज्यपाल भगत सिंह कोशीयारीले उनीहरूलाई राजभवनमा सपथग्रहण गराएका छन्।

सपथपछि मुख्यमन्त्री देवेन्द्र फडणवीसले महाराष्ट्रका जनताले आफूहरूलाई सरकार गठनका लागि स्पष्ट जनादेश दिएको बताए । उनले राज्यमा स्थायी सरकारको आवश्यक्ता रहेकाले एनसिपीसँग मिलेर सरकार बनाएको उनको दाबी छ ।

उनले शिवसेनाका कारण राष्ट्रपति शासन लागेको र उसले जनादेशको आदेश अस्वीकार गरेको आरोपसमेत लगाए । उनले जनादेशको सम्मानका लागि एनसिपीसँग मिलेर राज्यपालसँग सरकार बनाउने दाबी पेस गरेको बताए । उनले अब राज्यमा स्थीर शासन हुने बताएका छन् ।

एनसिपीको तर्फबाट उप–मुख्यमन्त्री बनेका अजित पवारले महाराष्ट्र किसानसहित अन्य कयौं समस्याको सामना गरिरहेकाले आफूहरूले स्थिर सरकार बनाउने निर्णय गरेको बताए । नव गठित सरकारलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै बधाई दिएका छन्।

सरकार गठनसँगै एनसिपीको आन्तरिक राजनीतिमा असन्तुष्टि पोखिएको छ । पार्टीका प्रमुख शरद पवारले सरकारमा सामेल हुने अजितको निर्णय पार्टीको नभई उनको निजी भएको बताएका छन्। ट्वीट गर्दै शरद पवारले आफूहरूले यसको समर्थन नगर्ने बताएका छन्।

भर्खरै आसन्न निर्वाचनमा कुनै पनि पार्टीले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि महाराष्ट्रमा सरकार बन्न सकेको थिए । एनसिपी र शिवसेनाले सरकार बनाउने चर्चा चलेपनि अन्तिममा बिजेपीले एनसिपीलाई हात लिएर सरकार गठन गरेको थियो । यो गटबन्धन एउटा आश्चर्यका रूपमा शनिबार सतहमा आएको हो । सरकार गठन नहुँदा राज्यमा राष्ट्रपति शासन लागु भएको थियो । –एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ७ मंसिर २०७६ शनिबार ००:००  २ : ०४ बजे