२० कार्तिक २०८१, मंगलबार | Tue Nov 5 2024

उच्च पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना



काठमाडौँ ।
देशका अधिकांश क्षेत्रमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यसका कारण हाल देशको पश्चिमी र मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ । बाँकी क्षेत्रमा आंशिक बदलीको अवस्था छ ।
शनिबार देशको पश्चिमी भू–भागमा सामान्य बदली र अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षा हुनेछ । यस्तै उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने मौसमविदले बताएका छन् ।
शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी क्षेत्रमा राति पनि हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७६ शनिबार ००:००  ८ : १३ बजे