११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

रघुवीर महासेठ मन्त्रीबाट हटाइएपछि दिपावली



जनकपुर ।
मन्त्रिमण्डल पुनर्गठनपछि केही राम्रा मन्त्रिलाई हटाइएको भन्दै आलोचना भएका बेला एकजना मन्त्रीका जिल्लावासीले भने दिपावली नै गरेका छन् । आफ्नो जिल्लाका मन्त्रीको पद गएपछि खुसीयालीसहित स्थानीयले दिपावली मनाएका हुन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई मन्त्रीबाट हटाएपछि उनकै क्षेत्रका जनताले मैनबत्ती बालेर खुसीयाली मनाएका हुन् । धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ कास्थानीय मतदाताले मैनबत्ती बालेर बिहीबार साँझ खुसीयाली मनाए । चुनावमा भोट हाले पनि मतदातालाई वेवास्ता गरेकोले मन्त्री पद गएकोमा खुसीयाली मनाइएको स्थानीयले बताए ।
‘महासेठलाई चुनाव जिताउन हामीले सहयोग गरेका थियौँ । तर उहाँ मन्त्री बनेपछि आफ्नो केही व्यक्तिलाई पोस्ने अरुलाई वेवास्ता गर्नुहुन्छ । तीनले हामीमाथि दादागिरी देखाउँछन्’ स्थानीय मिथिलेश यादवले भने, ‘जनताका लागि काम नगर्ने मन्त्रीलाई राखेर पनि कामै छैन । सरकारले हटाएर ठिकै गर्यौं ।’
उक्त दीपावलीमा लक्ष्मीनियाँका–४ का वडाध्यक्ष रोकश साह पनि सहभागी थिए । मैनबत्ती बालेको थाहा पाए पनि आफू त्यसबेला बाहिर निस्किसकेको बताए । धनुषा क्षेत्र नम्बर ४ बाट महासेठ तत्कालीन नेकपा एमालेबाट निर्वािर्चत भएका हुन् ।

प्रकाशित मिति : ६ मंसिर २०७६ शुक्रबार ००:००  १ : १४ बजे