दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकामा भई रहेका विकास निमार्णको उपमेयर शिव कुमारी चौधरीले अनुगमन गर्नु भएको छ । नगरपालिकाको वडा नं. ६ र ८ मा भई रहेका कामको उपमेयर थारुले अनुगमन गर्नुभएको हो । साथै उहाँले वडामा भईरहेका कामको अनगुमन गर्नुभएको छ ।
आव ०७६÷७७ मा विकास निमार्ण काम अन्तर्गत लिङ्करोड निविहवा सडक कालोपत्रे तथा आर.सि.सि हुँदै छ भने वडा नं. ८ देविपुरमा खानेपानी ट्याङ्की निर्माणको प्रगतीबारे उपमेयर थारुले अनुगमन गरेको नगरपालिकाका असिस्टेन सब इन्जियर तारा प्रसाद भण्डारीले बताउनुभयो ।
यस आवमा १५ किलोमिटर पिच र ३५ किलोमिटर ग्राभेल र स्तरउन्नतीको काम रहेको भण्डारीले बताउनुभयो । स्थानीय सरकारका उपमेयर र गाउँपालिका उपाध्यक्षले भौतिक विकासको अनुगमन गर्ने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया