७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

भाषाको माध्यमबाट देश विकास गर्न सकिने अनुभव पाएँः गोविन्द पोख्रेल



मायादेवी अनलाइन, वाणगंगा ।
विश्वभरका अंग्रेजी शिक्षकहरूको कुम्भ मेला आज पनि राजधानीमा जारी छ । विहीबारबाट सुरु भएको टिसोल–नेल्टा क्षेत्रीय सम्मेलनमा सहभागी हुन नेपाललगायत २६ देशका १ हजार अंग्रेजी शिक्षकहरू राजधानीको डिएभी स्कुलमा भेला भएका छन् ।
सम्मेलनमा सहभागी विज्ञहरूले गुणस्तरीय अंग्रेजी शिक्षाको विकासका लागि कार्यपत्र प्रस्तुत भएको छ । सम्मेलनमा अंग्रेजी कसरी पढाउने ? कस्तो अंग्रेजी शिक्षा आवश्यक छ ? लगायतमा गहन छलफल भइरहेको कपिलवस्तुबाट सहभागी नेल्टा कपिलवस्तुका अध्यक्ष गोविन्द पोख्रेलले बताउनु भयो । उहाँले भाषाको माध्यमबाट देशको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सिक्न पाएको मायादेवी अनलाइनसंग बताउनु भयो ।
‘विश्वमा अंग्रेजी शिक्षणको कस्तो अभ्यास भइरहेको छ ? नेपालले अंग्रेजीमा सुधार गर्नुपर्ने विषयबारे सम्मेलनबाट सिक्न पाइएको उहाँले बताउनु भयो ।
उहाँका अनुसार सम्मेलनमा शनिबारसम्म आठवटा कि–नोट, १७ वटा प्लेनरी तथा २ सयभन्दा बढी कार्यपत्र प्रस्तुत गरिनेछ । विदेशी भाषा नजानेका कारण नेपाल विकासमा पछि परेको पनि वैठकमा आफूलाई अनुभूति भइरहेको बताउनु भयो ।
। नेल्टा नेपालमा अंग्रेजी शिक्षाको विकासका लागि सन् १९९२ मा स्थापना भएको गैरनाफामूलक संस्था हो । नेपाली विद्यार्थी एवं शिक्षकहरूलाई अन्तर्रा्ष्ट्रिय स्तरको अंग्रेजी सुनाइ, बोलाइ र लेखाइमा गुणस्तर कायम गर्न खोलिएको संस्था हो ।

प्रकाशित मिति : ६ मंसिर २०७६ शुक्रबार ००:००  ८ : २२ बजे