११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

लता मंगेशकरको यस्तो छ पछिल्लो स्वास्थ्य अवस्था



एजेन्सी ।
भारतकी स्वरकोकिला लता मंगेशकरको स्वास्थ्यमा केही समययता समस्या देखिएको थियो । खराब अवस्थाका कारण उनलाई अस्पतालमा भर्ना गरिएको थियो । यो खबरले लताका फ्यान दुःखी थिए ।
पछिल्लो अपडेट अनुसार लताको अवस्थामा सुधार आएको छ । फिल्ममेकर मधुर भण्डारकरले आफ्नो इन्स्टाग्राममा लताको पछिल्लो अपडेट दिएका छन् ।

‘म लता दिदीलाई भेट्न अस्पताल पुगेको थिएँ, उहाँको अवस्था अहिले स्थिर छ र उपचारले पनि सकारात्मक रुपमा प्रभाव पारेको छ,’ उनले भनेका छन् ।

अमेरिकाबाट आएको एक डाक्टरको समूहले लताको स्वास्थ्य जाँच गरिरहेको छ । भारतीय मिडियाका अनुसार उनलाई अहिले पनि अस्पतालमा राखिएको छ तर स्वास्थ्यमा सुधार आएको छ ।

९० वर्षीया लताले हिन्दी भाषासहित अन्य भाषाका गीतमा स्वर दिएकी छिन् । उनी सुरिलो स्वरका कारण भारतभर प्रख्यात छिन् ।

प्रकाशित मिति : ६ मंसिर २०७६ शुक्रबार ००:००  ८ : १७ बजे