दाङ ।
दाङमा बिहीबार दुई दुर्घटनामा परी दुई जनाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । एक जनाको टिपरको ठक्करबाट र एक जनाको बसले किचेर मृत्यु भएको हो । लमही नगरपालिका ५ बसपार्कमा बसबाट झर्ने क्रममा पछाडिको टायरले किच्दा प्यूठान माण्डबी गाउँपालिका ४ निवासी ४६ वर्षीया पवित्रा सुनारको मृत्यु भएको हो ।
बसले किचेर गम्भीर घाइते सुनारको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि बुटवल रिफर गरिएको थियो । उपचारको क्रममा सुनारको मृत्यु भएको जिल्ला पह्ररी कार्यालय दाङले जनाएको छ। बस र चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।
यस्तै लमही नगरपालिका ६ बेलदमारनजिकै बिहीबार बेलुकी पौने ६ बजे टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मुत्यु भएको छ । लमहीबाट घोराहीतर्फ आउदै गरेको रा १ ब ५८७ नम्वरको मोटरसाइकललाई रा १ ख १२७१ नम्वरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका ४ बस्ने ५८ वर्षीय बन्धुराम चौधरीको मुत्यु भएको हो ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । ठक्कर टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको बताइएको छ । मृतक चौधरी कृषि ज्ञान केन्द्र दाङका कृषि प्रसार अधिकृत समेत रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया