११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

रघुवीर मन्त्रीबाट हटेको खुसीयालीमा मतदाताले गरे दीपावली !



जनकपुरधाम ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबाट रघुवीर महासेठलाई हटाएपछि उनकै क्षेत्रमा दीपावली (मैनबत्ती) गरेर स्थानीय मतदाताले खुशियाली मनाएका छन् । बिहीबार साझ धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ मा स्थानीय मतदाताले मैनबत्ती बालेर खुशियाली मनाएका हुन् । मैनबत्ती बाल्न सहभागी स्थानीय मिथिलेस यादवले चुनावमा जिताउन सहयोग गरे पनि अहिले आएर बेवास्ता गरेका कारण रघुवीरलाई मन्त्रीबाट हटाउँदा आफूहरू खुशी लागेको बताए ।

‘महासेठलाई चुनाव जिताउन हामीले सहयोग गरेका थियौँ । तर, उहाँ मन्त्री बनेपछि यहाँका तीनरचार जना कार्यकर्तालाई मात्र सहयोग गर्नुभयो । र, ती व्यक्ति यहाँ दादागिरी देखाउँछन्’ उनले भने, ’त्यसैले मन्त्रीबाट हटाउँदा हामी खुशी भएका छौँ ।’ लक्ष्मीनियाँका वडाध्यक्ष ४ का वडाध्यक्ष राकेश साह पनि मैनबत्ती बाल्ने कार्यक्रममा सहभागी थिए ।

उनीसमेत मैनबत्ती बालेर खुशियाली मनाएको स्थानीयले समेत बताए । तर, वडाध्यक्ष साहले आफू मैनबत्ती बाल्ने बेलामा बाहिर रहेको दाबी गरे । उनले मैनबत्ती बालेको कुरा थाहा पाए पनि किन बालेको भन्‍ने विषयमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । धनुषा क्षेत्र नम्बर ४ बाट महासेठ तत्कालीन नेकपा एमालेबाट निर्वा्चित भएका हुन् ।

प्रकाशित मिति : ५ मंसिर २०७६ बिहिबार ००:००  ८ : ११ बजे