मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुमा विश्व मत्स्य दिवस मनाइएको छ । हरेक बर्षको नोभेम्बर २१ तारिखको दिन विश्व मत्स्य दिवस मनाईने गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाई माछा जोन शाखा कपिलवस्तुले दिवसको अवसरमा कोइली खोलामा भुरा माछा छाडेर दिवस मनाएको हो ।
माछा जोन कार्यालयले गत बर्ष पनि स्थानीय खोलामा माछाका भुरा छाडेर दिवस मनाएको थियो । यस बर्ष पनि कार्यालयले कोइली नदीमा भुरा माछा छाडेर दिवस मनाइएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कपिलवस्तुका प्रमुख मुकुन्द भुसालले जानकारी दिनुभयो ।
दिवसको अवसरमा कपिलवस्तुका माछा व्यवसायीको सहभागीता रहेको थियो । जिल्लाको महाराजगञ्जमा उत्पादन गरिएका हजारौं संख्याका भुरा माछालाई नदीमा छाडेर दिवस मनाइएको हो । कोइली बनागाई चोकबाट प्ले कार्डसहित निस्किएको र्याली कोइली नदीमा गएर कोणसभामा परिणत भएको थियो ।
प्रतिक्रिया