काठमाडौं ।
प्रधानमन्त्री केपि शर्मा ओलीले ७ जना मन्त्रीलाई बर्खास्त गरेका छन् । मन्त्रीको कार्यसम्पादन राम्रो नभएको भन्दै प्रधानमन्त्री ओलीले मन्त्री बर्खास्त गर्नुभएको हो । यद्यपि ओलीले भने आफुले मन्त्रीमण्डल पुनर्गठन गरेको भनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिपमण्डलमा रहेका ७ जनालाई हटाएर ९ जना नयाँ मन्त्री नियुक्त गरेका हुन् । त्यस्तै केही मन्त्रीहरुको मन्त्रालय हेरफेर गरिएको छ भने केही मन्त्रीहरु यथावत छन् ।
बुधबार भएको मन्त्रिमण्डल पुनर्गठनमा पदमुक्त भएकामध्ये एकजना चक्रपाणि खनाल पनि हुन् । उनी कृषि तथा पशुपक्षी विकास मन्त्री थिए । खनाल कपिलवस्तुबासी हुन् ।
करिब २० महिने अवधीमा के–के गरे त कृषिमन्त्री खनालले ? यी हुन् उनले गरेका मुख्य मुख्य कार्यहरु ।
- बर्षौदेखी अल्झिएर बसेका कृषि व्यवसाय प्रवर्द्धन ऐन, पशु स्वास्थ्य तथा पशु सेवा ऐन लगायतका ७ वटा ऐनहरु स्विकृत ।
- वर्षेनी हुने गरेको मिल्क होलिडे सदाको लागि अन्त्य गर्न धुलो दूध आयातलाई अनुज्ञा पत्र नदिई आयात रोकिएको । स्मरण रहोस धुलो दुध आयातलाई पुर्ववत् रुपमा सुचारु गराउन शक्ति केन्द्रहरुको निरन्तर दवाव आउने गरेको ।
- वर्षौदेखी उखुमा दिने गरिएको अनुदान रकम किसानको नाममा विचौलीया तथा उद्योगीहरुले दुरुपयोग गरिराखेको अवस्थामा कार्यविधि संसोधन मार्फत अनुदान रकम सिधै नेपाली किसानको खातामा जाने व्यवस्था गरेको । स्मरण रहोस् यही विषयमा कार्यविधि संसोधनको विरोध गर्दै हृदयेश त्रिपाठीले कृषि मन्त्रालय खारेज गर्नुपर्छ भन्दै वक्तव्यवाजी गर्दै हिडेको ।
- खसी बोका आयातमा विगतदेखी नै हुने गरेको लापरबाहीलाई अन्त्य गर्दै क्वारेन्टाईनसम्बन्धी कानुनको कडाईका साथ कार्यान्वयन गरी खसिवोका आयातलाई अन्त्य गरिएको । स्मरण रहोस खसिवोका आयातलाई पुर्ववत् रुपमा सुचारु गराउन शक्ति केन्द्रहरुको निरन्तर दवाव आउने गरेको ।
- किसानको हकहित संरक्षण गर्न र कृषि अनुदानलाई वास्तविक किसानहरुमाझ समतामुलक तरिकाले उपलब्ध गराउन निर्दे्शिका तयार गरी स्विकृतिको लागि मन्त्रिपरिषदमा पेश भएको तर ४ महिनादेखि रोकिएको ।
- किसानहरुको वर्गिकरण गरी किसान पेन्सन लगायतका सुरक्षाका कार्यक्रमहरु संचालनको लागि नियमावली तयार भएको र यस आर्थिक वर्षमा कार्यान्वयन हुने गरी कार्यक्रम तयार गरिएको ।
- कृषिमा युवाहरुको आकर्षण वढाउन कृषिमा यूवा कार्यक्रम संचालन गरिएको ।
- मन्त्रालय मातहतका निकायमा हुने नियुक्तिहरुलाई पारदर्शी बनाउन नियुक्ति मापदण्ड तयार गरीएको तर करिव ६ महिनादेखी उक्त मापदण्ड मन्त्रीपरिषदमा अड्किएको । नियुक्तिको विषयमा शक्ति केन्द्रहरुको अनावश्यक चासो तथा दवाव आउने गर्दछ ।
- कृषि उत्पादनमा राष्ट्रलाई आत्मनिर्भर वनाउन बजेट तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयनमा रहेको ।
- खाद्य स्वच्छता अभियान संचालन गरिएको तथा विषादी परिक्षणको लागि सुविधासम्पन्न ल्याबहरुको स्थापनाको कार्य अगाडि बढेको ।
प्रतिक्रिया