११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

ट्याङ्करबाटै २० हजार लिटर डिजेल चोरी प्रकरणः छानबिन सुरु



विराटनगर ।
नेपाल आयल निगम १ नम्बर प्रादेशिक कार्यालयका लागि आइरहेको डिजेल बाटोबाटै चोरी भएपछि सो विषयमा छानबिन सुरु गरिएको छ ।

नेपाल आयल निगमको अमलेखगञ्जबाट गत आइतबार विराटनगर निगमका लागि ५१ वटा ट्याङ्करमा डिजेल लोड गरी आइरहेको मध्येबाट ना.४ ख ४१६३ नम्बरको ट्याङ्करबाट इन्धन चोरी भएको बुधबार बिहान थाहा पाएको निगमका प्रादेशिक कार्यालय विराटनगरका प्रमुख अशोक साहले बताए ।

सो ट्याङ्करमा २० हजार लिटर डिजेल थियो । अमलेखगञ्जबाट आउने अन्य ट्याङ्कर विराटनगर निगममा आइसकेको छ । प्रादेशिक कार्यालय प्रमुख साहको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

समितिके सदस्यमा निगमका सहायक प्रबन्धक समन कार्की, इन्धन ढुवानी सङ्घका अध्यक्ष गुणराज निरौला र अमलेखगञ्ज डिपोका उपप्रबन्धक रामकृष्ण श्रेष्ठ छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७६ बिहिबार ००:००  ८ : ०८ बजे