भोजपुर ।
अज्ञात समूहले भोजपुरको षडानन्द नगरपालिकाकी एक महिलाको दुवै स्तन काटिदिएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार बुधबार बिहान करिब ११ बजे स्थानीय खोलामा लुगाकपडा धुन गएकी ती महिलाको मकुण्डोधारी अज्ञात समूहले स्तन काटरे भागेको हो ।
कपडा धोइरहेकी महिलालाई नियन्त्रणमा लिएर स्तन काटी गम्भीर घाइते बनाएर फरार भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए ।
घाइते महिलाको दिङ्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया