मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको कृषि शाखाले अनुदानको गहुँको बीउ वितरण गरेको छ । नगरपालिकाको कृषि शाखामा भएको कार्यक्रममा नगरका ६ ओटा कृषक समूहलाई गहुँको बीउ वितरण गरिएको हो ।
नगरपालिकाले यो आवमा ५० प्रतिशत अनुदानमा किसानलाई गहुँको बीउ वितरण गर्ने योजना ल्याएको थियो । त्यसैअनुरुप अनुदानको बीउ वितरण गरिएको कृषि शाखा प्राविधिक देवीराम बेल्वासेले जानकारी दिनुभयो ।
शाखाले किसानलाई भृकुटि, विजय, एन एल ९७१ तथा बाणगंगा जातको ३५२० केजी गहुँको बीउ दिएको हो । यसरी बीउ पाउँनेहरुमा जन प्रिय कृषक समूह बुद्वभूमि ६, शिवम कृषक समूह बुद्वभूमि ३, देविकृषक समुह बुद्वभूमि ३, बहुउदेश्यिय ताजा तरकारी खेती कृषक समूह बुद्वभूमि १० र कर्नाैलिया कृषक समूह बुद्वभूमि ४ रहेका छन् ।
५ मंसिर २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया