तुलसीपुर ।
प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन गइरहेको दाङमा प्रहरीले धमाधम नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तालाई पक्राउ गर्न थालेको छ । मङ्गलबार मात्रै दाङको बबई गाउँपालिका वडा नं २ ट्वाङखोला बस्ने ४८ वर्षीय रणबहादुर वलीलाई पक्राउ गरेको छ ।
सोही ठाउँमा हिँड्डुल गरिरहेको अवस्थामा मङ्गलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए । वली विप्लव समूहका जिल्ला कमिटी सदस्यसमेत रहेका छन् ।
प्रहरीले चार दिनको अवधिमा सो समूहका चार नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । यही मङ्सिर १४ गते क्षेत्र नं ३ को (ख) मा उपनिर्वाचन हुँदैछ । (रासस)
प्रतिक्रिया