काठमाडौं ।
सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले नयाँ मन्त्रीहरुको नामावली टुंगो लगाउने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मन्त्रिपरिषद्को बैठकमा मन्त्री हेरफेरको जानकारी गराएका थिए । त्यसअघि पनि प्रधानमन्त्री ओलीले मन्त्री हेरफेरबारे पार्टीका शीर्ष नेतासँग परामर्श पनि गरेका थिए ।
मन्त्रिपरिषद् बैठकमा नियमित कार्यसूची सकिएलगत्तै प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिपरिषद् पुनःगठन गर्न लागेको जानकारी गराएका थिए । “मैले भोलि (बुधबार) मन्त्रिपरिषद् पुनःगठन गर्न लागेँ । औपचारिक कार्यक्रम नराख्नुहोला । भोलि नै शपथ गराउने तयारी छ, यतिञ्जेल सहयोग गर्नुभयो, धन्यवाद,” प्रधानमन्त्रीले मंगलबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकमा भनेको कुरा स्रोतले उद्धृत गर्दै भन्यो ।
प्रतिक्रिया