११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

विप्लव समूहका पूर्वपोलिटव्यूरो सदस्यद्वारा पार्टी परित्याग



काठमाडौँ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्वपोलिटव्यूरो सदस्यकृष्ण धमलाले सो समूह परित्याग गर्नुभएको छ ।

धमलाले एक विज्ञप्तिमार्फत आफूले सो समूह परित्याग गरी स्वतन्त्र वामपन्थीका रुपमा क्रियाशील रहने बताउनुभएको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको आन्दोलनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले चन्द नेतृत्वको नेकपा परित्याग गरेको उल्लेख गर्नुभएको छ ।

धमला तत्कालीन नेकपा ९माओवादी केन्द्र०का तर्फबाट सुर्खेत जिल्ला इन्चार्ज एवं महाधिवेशन आयोजना समितिका सदस्यसमेत हुनुहुन्थ्यो । २०५३ सालदेखि वाम राजनीतिमा सक्रिय धमला सुर्खेतको कम्युनिष्ट आन्दोलनका संस्थापकमध्येका एक हुनुहुन्छ । (रासस)

प्रकाशित मिति : ४ मंसिर २०७६ बुधबार ००:००  ९ : १६ बजे