बाबुराम रायमाझी, जितपुर ।
कपिलवस्तुको बाणगंगा ९ भलवाडको आयोजनामा घाँसको विउ वितरण गरिएको छ । अगुवा कृषक तथा अन्य कृषकहरुलाई घाँस उत्पादनमा आत्मनिर्भर बनाउन घाँसको बिउ बितरण गरिएको वडा अध्यक्ष ध्रुव बेल्वासेले बताए । विषादी रहित स्वच्छ घाँस उत्पादन गर्ने उद्देश्यले भलवाड वडामा घाँसको बिउ वितरण गरीएको हो ।
घाँसको बिउ बितरण कार्यक्रममा वडा नं. ९ अन्तर्गत रहेको ९ वटा टोल बिकास संस्थाका अध्यक्ष र व्यवसायिक रुपमा भैंसी फर्म तथा गाई फर्मका उद्यमी कृषकहरुलाई बर्षिम जात र जई जातको करीव ४ सय केजी घाँसको बिउ वितरण गरिएको हो ।
वडाध्यक्ष वेल्वासे, वडा सदस्य नुमलाल थारु, वडा सचिव सन्तोष कुमार बैठाले संयुक्तरुपमा प्रदान गरेका थिए । १ केजी बिउबाट १ कठ्ठा बराबरलाई पुग्ने र एक पटक उत्पादन भएपछि ५—६ पटकसम्म राम्रो उत्पादन हुनुका साथै पशुले दूधको मात्रा बढाउने गर्दछ ।
दाजुभाइ भैसी फर्म जिनुवाका उद्यमी व्यवसायी भिमार्जन पौडेल र लोकराज बेल्वासेले आफूहरुले वडाबाट भैसीपालन व्यवशायलाई घाँसको बिउ दिई सहयोग गरेकोमा खुसी व्यक्त हुँदै धन्यवाद दिँदै आगामी दिनमा स्थानीय सरकारबाट निरन्तर सहयोगको अपेक्षा राखेका छन् ।
प्रतिक्रिया