११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

पश्चिम नेपालमा भूकम्पको धक्का, दिल्लीसम्म धक्का महसुस



बझाङ ।
बझाङको खप्तडछन्ना गाउँपालिका–१, पौवागढी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
मंगलबार बेलुकी ७ बजेर १५ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पको धक्का बझाङलगायत सूदुर पश्चिम प्रदेशका अरु जिल्ला र कर्णाली प्रदेशका जिल्लाहरुमा पनि महसुस गरिएको थियो । त्यस्तै प्रदेश ५ का बर्दिया, दाङलगायतका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्पबाट क्षति भने नभएको खप्तडछन्ना गाउँपालिका-१ का वडाअध्यक्ष हिक्मत खत्रीले जानकारी दिनुभयो ।
बझाङको खप्तड केन्द्रबिन्दू भएर गएको भूकम्पको धक्का भारतको राजधानी दिल्ली, उत्तराखण्ड र उत्तर प्रदेशका केही भागमा समेत महसुस गरिएको इण्डिया टुडेले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६ मंगलबार ००:००  ९ : ३३ बजे