११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

कपिलवस्तुमा बाहिरियो दलितको घरमा पूजा गर्दैनौ भन्दै पुजारी भागेको घटना !



चन्द्रौटा ।
कपिलवस्तुको पश्चिमी क्षेत्रमा घरमा पूजा गर्न बोलाइएका पण्डीतहरु दलित भएको थाहा पाएपछि बाहिरिएको घटना बाहिर आएको छ । जिल्लाको शिवराज नगरपालिका-५ चन्द्रौटामा उक्त घटना घटेको बताइएको छ । स्थानीय मिलन बिकको घरमा पूजा गर्न बसेका पण्डितहरू दलित भन्ने थाहा पाएपछि पूजा बिचमै छोडेर भागेको परिवारले दाबी गरेका छन् ।
विश्वकर्माले घरमा घरपैसा, सत्यानारायण पूजा र रुद्री पूजा गर्नका लागि ती पण्डीतहरुलाई बोलाएका थिए । पण्डीतहरु पूजा गराउन भनेर आएका पनि थिए । तर, पूजाको विधि सुरु गर्न साथ एकैछिन आउँछु भन्दै पण्डीत भोगेको खबर बाहिरिएको छ । घटना शनिबारको हो । यद्यपि पण्डीतहरु के कति कारण उठेर हिडेका हुन भन्ने आधिकारीक भनाई पण्डीतहरुको आएको छैन् ।
घरमा बोलाइएका पण्डीत भागेपछि मिलनको घरमा पूजा केही समय रोकिएको थियो । पछि अर्का पण्डीत बोलाई पूजा कार्य सम्पन्न भएको परिवारले जनाएका छन् ।
पूजारी भागेको घटनापछि सामाजिक अगुवाहरुले यो कार्य गलत भएको प्रतिक्रिया दिएका छन् । नेपालको कानुनले जातीय छुवाछुत गर्ने माथि दण्डजरिवाना हुने व्यवस्था गरेको छ । पण्डीतहरु भाग्नुको कारण के हो स्पष्ट कुरा बाहिर आउनुपर्नेमा त्यस क्षेत्रका अगुवाहरुले माग गरेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७६ मंगलबार ००:००  ७ : ३२ बजे