काठमाडौँ ।
विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत कुवेतसँगको खेलमा नेपाल पराजित भएको छ। भुटानको राजधानी थिम्पुस्थित चाग्लिमिथाङ रंगशालामा भएको खेलमा नेपाल कुवेतसँग १–० ले पराजित भएको हो ।
कुवेतले खेलको २८ औँ मिनेटमा अग्रता लिएको थियो। कुवेतका लागि बादेर अल मतवाले २८ औँ मिनेटमा गोल गरेका थिए। नेपालले कुवेतविरुद्ध गोल गर्ने केही अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन ।
नेपालमा हुने भनिएको उक्त खेल दशरथ रंगशाला पुनर्निमाणको काम नसकिएपछि भुटानमा गरिएको हो ।
३ मंसिर २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया