११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

मालीमा बिद्रोहीको आक्रमणमा २४ सुरक्षाकर्मीको मृत्यु



एजेन्सी ।
अफ्रिकी देश मालीमा बिद्रोहीले २४ सुरक्षाकर्मीको हत्या गरेका छन् । देशको पूर्वी क्षेत्रमा बिद्रोहीले गरेको आक्रमणमा २४ सुरक्षाकर्मीको ज्यान गएको मालीको सेनाले जनाएको छ ।
माली र नाइजरका सेनाले संयुक्त रुपमा गाओ सीमा क्षेत्रमा गरेको अपरेशनको क्रममा अरु २९ जना सुरक्षाकर्मी घाइते भएको जनाइएको छ ।
नाइजरको तिलोयामा अपरेशनको क्रममा १७ आतंककारी मारिएको र अरु एकजना पक्राउ परेको मालीको सेनाले जनाएको छ। यसअघि नोभेम्बर २ मा उत्तरी क्षेत्रमा बिद्रोहीले गरेको आक्रमणमा ४९ जना सुरक्षाकर्मीको निधन भएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७६ मंगलबार ००:००  २ : २१ बजे