११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

बंगलादेश प्रिमियर लिग (बीपीएल) नखेल्ने



काठमाण्डौँ ।
नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने आगामी सिजनको बंगलादेश प्रिमियर लिग (बीपीएल) नखेल्ने भएका छन् । गएको संस्करणमा सिलेट सिक्सरबाट बीपीएल खेलेका सन्दीप यस पटक कुनै पनि टिममा छैनन् । त्यातिबेला सन्दीप अस्ट्रेलियाको बीग बास खेल्ने सम्भावना बढी छ ।

बीपीएलका लागि सोमबार टिम तथा खेलाडीको घोषणा गरिएको छ । यो प्रतियोगिता अबदेखि बंगलादेश क्रिकेट बोर्ड बीसीबीले आफै आयोजना गर्दैछ । सात टिमको सहभागीता रहेको बीपीएलमा यस पटक पुराना फ्रेन्चाइजहरुलाई हटाइएकाले टिमको नाम पनि परिवर्तन गरिएको छ ।

यस पटक चटगांव च्यालेन्जर्स, कुमिला वारियर्स, ढाका प्लाटुन, खुलना टाइगर्स, राजशाही रोयल्स, रंगपुर रेन्जर्स र सिलेट थन्डर्स रहेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७६ मंगलबार ००:००  ७ : ४७ बजे