११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

पूर्वकप्तान पारस र सोमपाल सात नेपाली क्रिकेटर पीएसएलको ड्राफ्टमा



एजेन्सी ।
पूर्वकप्तान पारस खड्का र सोमपाल कामीसहित सात जना नेपाली क्रिकेटर पाकिस्तान सुपर लिग ९पीएसएल०को ड्राफ्टमा परेका छन् ।सोमबार सार्वजनिक सिल्भर क्याटेगोरीको ड्राफ्टमा पारस र सोमपालसहित आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, शरद भेस्वाकर र सोमपाल कामी परेका हुन् ।

पारस, शरद, सोमपाल, दीपेन्द्र र रोहितकुमारले व्यक्तिगत रुपमा आफ्नो नाम पठाएका थिए भने आरिफ र विनोदको नाम नेपाल क्रिकेट संघ ९क्यान०ले पठाएको थियो ।क्रिकेट संघले सिफारिस गरेका अन्य खेलाडी करण केसी, पवन शरार्फ र ललितनारायण राजवंशी भने हालसम्म ड्राफ्टमा परेका छैनन् । ‘इमर्जिङ’ क्याटगोरीको ड्राफ्ट सार्वजनिक हुनै बाँकी रहेकाले सम्भावना भने अझै जीवितै छ ।

यसैगरी, लेगस्पिनर सन्दीप लामिछाने यसअघि नै ड्राफ्टको प्लाटिनम क्याटगोरीमा परिसकेका छन् । पीएसएलको ड्राफ्टमा खेलाडीलाई पाँच क्याटगोरीमा राखिएको छ । सबैभन्दा महँगो क्याटगोरी प्लाटिनम हो । सो क्याटेगारीमा पर्ने खेलाडीले १ लाख ४७ हजार देखि २ लाख १८ हजार अमेरिकी डलरसम्म पाउन सक्छन् । यस्तै, सिल्भर क्याटगोरीमा पर्ने खेलाडीले १५ देखि ३५ हजार अमेरिकी डलर पाउनेछन् । पीएसएलको ड्राफ्ट आगामी डिसेम्बर ६ र ७ मा हुनेछ ।

प्रकाशित मिति : ३ मंसिर २०७६ मंगलबार ००:००  ७ : १७ बजे