काठमाण्डौँ ।
नेपाली काग्रेशको भातृ युवा संस्था नेपाल तरुण दल स्वतहः भङग भएको छ । तरुण दलको विधानले संगठनको कार्यकाल ३ वर्ष हुने व्यवस्था गरेको छ भने नेपाली कांग्रेसको विधानमा कार्यकाल समाप्त भएका भ्रातृ संस्थाले निर्धारित समयमा महाधिवेशन गर्न नसके स्वतः भंग हुने व्यवस्था छ ।तरुण दलको ३ वर्षे कार्यकालमा ९५ सदस्यीय केन्द्रीय कार्यसमिति हुनुपर्नेमा ९१ जना पदाधिकारी र सदस्यको चयन नगरी बस्नेत नेतृत्वको तरुण दलको कार्यकाल समाप्त भएको हो । २०७३ मा पोखरामा भएको तरुण दलको तेस्रो महाधिवेशनले जीतजंग बस्नेतको नेतृत्वमा चार सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । निर्धारित मितिमा महाधिवेशन नसकिएपछि २ मंसिर २०७३ मा बस्नेतको नेतृत्वमा तरुण दल केन्द्रीय समिति घोषणा गरिएको थियो ।
चार सदस्यीय तरुण दल केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा उत्तम चापागाईं, महासचिवमा भूपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्वान गुरुङ थिए । गत भदौमा पार्टीले संचालन गरेको राष्ट्रिय जागरण अभियानको कार्यक्रमलाई लिएर असन्तुष्टि व्यक्त गरेका महासचिव भूपेन्द्रजंग शाही कारबाहीमा परेका थिए ।तरुण दलका महासचिव शाहीले आफ्नो कार्यकालमा भ्रस्टाचारविरुद्ध भ्रष्टाचार मुक्त नेपाल, १० हजार युवालाई स्वरोजगार बनाउन उद्यमशीलता, ‘एक घर एक तरुण’ अभियान प्रस्ताव गरेर पनि सञ्चालन हुन नसकेको जनाएका छन् ।
तीन वर्षअघि ३ भदौ, २०७३ मा भएको नेविसंघको ११औं महाधिवेशनबाट निर्वाचित नैनसिंह महरले २८ माघ, २०७५ मा राजीनामा दिएयता कांग्रेसको भ्रातृ संस्था नेविसंघ पनि नेतृत्वविहीन छ । पार्टीका दुई प्रभावशाली संगठन नेविसंघ र तरुण दल गठन गर्न नसक्दा नेतृत्वको सर्वत्र आलोचना हुन थालेको छ ।
प्रतिक्रिया