११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

आज विश्व शौचालय दिवस, विश्वमा १० जनामध्ये १ जनाले अझै शौचालय प्रयोग गर्दैनन्



मायादेवी अनलाइन, कपिलवस्तु ।
आज विश्व शौचादय दिवस नेपालमा पनि बिभिन्न चेतनामूल्क कार्यक्रम गरी मनाइदै छ । विश्वले शौचालयको महत्वलाई उजागर गर्न हरेक बर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवस मनाउदछ । सन् २०३० सम्मको दिर्घकालिन बिकास लक्ष्यमा संसारका हरेक वासिन्दालाई सरसफाईका श्रोत र सुबिधाका साथ फालिने पानीलाई पनुःप्रयोग गर्ने श्रोत र संरचना पनि सुलभ बनाउने लक्ष्य रहेको छ । यिनै ल्यक्ष्यलाई पुरा गर्न विश्वभर कार्यक्रम गरिन्छ ।
अझैपनि संसारभरि लगभग अढाई करोड मान्छेहरुले शौचालय प्रयोग नगरेको तथ्याङ्क छ, करिव १० जना मध्ये एकजना संसारको मान्छेले अझै पनि शौचलयमा शौच गर्ने विकल्प नपाएको विश्व स्वास्थ्य संगठनको सन् २०१५ को सर्वेक्षणले देखाएकोे छ । नेपालमा विस्तारै घरघरमा शौचालयको दैनिक प्रयोगमा वृद्धि हुन थालेको भए पनि अझैपनि शौचालय प्रयोग गरिसकेपछी पानी हाल्ने, सफा गर्ने र साबुनपानीले हात धुनुपर्नेजस्ता जनचेतना कम छ । नेपालमा खुला स्थानमा शौच गर्दा झाडापखाला, हैजा अनि अन्य मलमुत्रबाट फैलनसक्ने रोगहरु बढिरहेकाले आज यससंग सम्न्धित संस्थाले बिभिन्न चेतनामूल्क कार्यक्रम गर्दछन् ।
ढुङ्गे युगबाट आजसम्म आईपुग्दा हाम्रो दिनचर्यासंग विभिन्न आनिवानी, चालचलन र अभ्यासहरु थपिंदै आएक छन् । शौचालय पनि तिनैमध्येको एक हो । शुरुशुरुमा खोलाका किनार, खेतबारी या पोखरीका डिलहरूमा शौचगर्ने मान्छेहरुले विस्तारै एउटा छुट्टै सानो कोठालाई शौचालयको रूपमा प्रयोग गर्न थालेका हुन् ।

प्रकाशित मिति : ३ मंसिर २०७६ मंगलबार ००:००  ६ : २४ बजे