मायादेवी अनलाइन, कपिलवस्तु ।
लामो समयको पर्खाइपछि अन्ततहः मृत्यु मार्गको रुपमा चिनिएको सिद्धार्थ राजमार्ग अन्तरगतको बुटवल–तानसेन सडक खण्डमा सुरुङ निर्माण हुने भएको छ । सुरुङ मार्ग निर्माणको लागि अर्थ मन्त्रालयले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै बार्षिक बजेटमा १० अर्व १५ करोड बजेट सिमा दिएपछि बन्ने पक्का भएको हो । अर्थले अब यसैको सिमामा रहेर खरिद प्रकृया अगाडि बढाउन भनेको छ ।यस मार्गमा वार्षिक ५० भन्दा बढीको मृत्यु हुदा अहिले सम्म सयौँको अकालमै ज्यान गएकाले यसलाई मृत्यु मार्ग पनि भ्भने गरिएको छ ।
अब सुरुङ खन्ने प्रक्रियाका लागि ग्लोबल टेण्डरमा जाने बाटो खुलेको यातायात मन्त्रालयले जनाएको छ । सुरुङ मार्गको लागि निरन्तर प्रयत्न गर्दै आएका नेकपाका महासचिव एवं रुपन्देहीका सांसद विष्णु पौडेलले सिद्धबाबा सडकमा सुरुङ निर्माण सुरु गर्न ब्रेकथ्रु भएको भन्दै खुशी व्यक्त गरे । यो परियोजना निर्माणको अवधारणा महासचिव पौडेल अर्थमन्त्री हुँदा नै अघि बढेको थियो ।
सुरुङ मार्ग पाल्पाको सिद्धबाबा मन्दिरको उत्तरतर्फको चिडिया खोलाको छेउबाट सुरुङ सुरु हुनेछ । चिडिया खोलाको सुरुङ प्रवेशद्वारमा करिब २० मिटर सिधा प्वाल पारेर चट्टान निकालिएको छ । दोभाननजिकै रामापिथेकस पार्कको उत्तरतर्फ ९० मिटरको ६० डिग्री कोणमा प्वाल पारिएको छ । चट्टानको चुचुरो र सडकको बीच भागमा समेत प्वाल पारेर चट्टान निकालिएको छ ।
यस सडक खण्डमा दैनिक सरदर २ हजार ५ सय गाडी चल्दै आएका छन् ।योसँगै सुरुङ मार्ग बन्ने आशा यहाँका जनताले गरेका छन् । वार्षिक ५० भन्दा बढीको मृत्यु हुने यस सिद्धबाबा खण्डको ३ किलोमिटर क्षेत्रमा सुरुङ निर्माण हुने बताइएको छ । त्यसका लागि यसअघि नै भौर्गविक अध्ययन गरिएको थियो । यो सडक खण्ड प्रयोग गरेर गुल्मी, पाल्पा अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ, हुदै बेनी सम्म गाडी चल्ने गर्छन् ।
प्रतिक्रिया