मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल युवा संस्था संजाल ( आयोन) को आयोजनमा कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वार्ड नं १० लालपुरमा मतादाता शिक्षा सम्बन्धि नमुना मतदान तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न कारणले रिक्त हुन आएका पालिका, प्रदेश र प्रतिनिधिसभा सदस्यको लागि आउँदो मंसिर १४ गते शनिबार उप–निर्वाचनको घोषणा भएको छ । ३७ जिल्लामा विभिन्न ५० पदमा उप निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।
कपिलवस्तु जिल्लामा भने स्थानीय तह अन्तर्गत शिवराज नगरपालिका वडा नम्बर १० मा वडा अध्यक्ष पदको निर्वाचन हुदैछ । निर्वाचनको मिति नजिकिदै गर्दा शिवराज १० चुनावी माहोलले तातेको छ । राजनैतिक दलहरू आ–आफ्नो उमेदवारलाई जिताउन लागिपरेका छन् ।
राजनैतिक दलले आफ्नो प्रचारप्रसारलाई व्यापक बनाउदै गर्दा चुनावको प्राविधिक पाटोमा भने त्यति चासो दिएको देखिदैन जसको फलस्वरूप मत बदरको संख्यामा कुनै कमी आउन सकेको छैन ।
निर्वाचनमा हुन सक्ने बदर मत लाई कम गर्न नेपाल युवा संस्था सञ्जालले बृहत निर्वाचन शिक्षा कार्यक्रम अन्तर्गत नमूना मतदान कार्यक्रम सम्पन्न गरेको छ । कपिलवस्तुका जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले शुभारम्म गर्नुभएको नमुना मतदान कार्यक्रममा पुरूष १०० र महिला १३५ गरी कुल २३५ मत खेसेको नमुना मतदान कार्यक्रमका सहजकर्ता पुर्णचन्द्र परियारले जानकारी दिनु भएको छ । कुल २३५ मतमा जम्मा ४० मत बदर भएको छ । निर्वाचन प्रयोग गरिने सम्पुर्ण विधि पूरा गरि गरिएको निर्वाचनमा स्थानीय राजनैतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको सहजकर्ता बिरेन्द्र रेग्मीले जानकारी दिनुभएको छ । जिल्ला निर्वाचन कार्यालय, कपिलवस्तुसँगको सहकार्यमा सो कार्यक्रम आयोजना भएको थियो ।सो कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारी, राजपाका केन्द्रिय सदस्य रबिदत्त मिश्र, वार्ड नं १० की कार्यवाहक वडाध्यक्ष नैनमती चमार, वडाध्यक्षका उमेदवार मञ्जु मिश्र, वडा सचिव शिव कुमार गिरी, जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका लेखा प्रमुख भवानी शर्मा, कृष्ण बहादुर थापा सहित स्थानिय समुदायको सहभागिता रहेको स्वयंसेवक भोजराज बञ्जाडेले जानकारी दिनु भएको छ ।
२ मंसिर २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया