८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सिद्धार्थ क्याम्पस फेरि उत्कृष्ट, छात्रा निर्माको ८२.२ अंक, टियूकै उत्कृष्ट १० को सूचिमा



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।

कपिलवस्तुको नेतृत्वदायी शैक्षिक धरोहर सिद्धार्थ क्याम्पस बाणगंगा बुङचीले फेरि पनि उत्कृष्ट अंक हासिल गरेको छ । भर्खरै प्रकाशित भएको त्रिभुवन विश्वविद्यालय ब्यवस्थापन संकाय चौथो बर्ष (२०७५) को परीक्षामा मेधावि छात्रा निरमा भण्डारीले ८२.२० अंक ल्याएर क्याम्पसलाई उत्कृष्ट बनाउनु भएको हो । उहाँको यो अंक टियुकै उत्कृष्ट १० भित्र पर्दछ । उहाँ प्रदेश ५ का जिल्लाहरुमा दोश्रो स्थानमा आएकी छन् भने कपिलवस्तुको हकमा उहाँ प्रथम हुनुभएको छ । । यसअघिका बर्षहरुमा पनि उत्कृष्ट नतिजा हासिल गर्दै क्याम्पस टपर हुँदै आइरहनुभएकी छात्रा निर्मा भण्डारीको यो सफलताले क्याम्पसलाई फेरि एकपटक उचाईमा पुर्याएको क्यामपस प्रमुख खेमराज शर्माले मायादेवी अनलाइनलाई बताउनु भयो ।

बाणगंगा ११ मा ओदारीमा स्थायी घर भएकी निर्माले आफूले मेहेनेतपछिको फल पाएको बताउनु भएको छ । मायादेवी अनलाइनसंग खुसी साट्दै उहाँले भन्नुभयो –“जिल्ला प्रथम हुन्छु जस्तो त लागेको थियो तर त्रिभुवन विश्वविद्यालयकै उत्कृष्ट १० विद्यार्थीमा पर्छु भन्ने सोचेकी थिइन । नतिजापछि सारै खुसी छु । यसको श्रेय मलाई जन्म दिने आमाबुबा र मेरा गुरुहरुलाई दिन चाहान्छु ।“ छात्रा निर्माले यसले क्षणिक खुसी दिए पनि भोली यसलाई निरन्तरता दिनु आफ्नो लागि चुनौति रहेको बताउनु भयो । आगामी दिनमा आफूले पढेको ज्ञानले राष्ट्रको सेवा गर्न सके मात्र यो सफलताको अर्थ हुने उहाँको भनाई छ । नतिजापछि आगामी दिनमा झन् राम्रो गरेर परिवार र क्यामपसको नाम उँचो बनाउन आफू हरदम लाग्ने उहाँले मायादेवी अनलाइनसंग दृढता ब्यक्त गर्नुभयो ।

क्याम्पसका प्राध्यापकहरुले उहाँको नतिजालाई अनुषासन र मेहेनेतसंग जोडेका छन् ।शिक्षा शाष्त्र शंकाय अंग्रेजी विषय विभाग प्रमुख गोविन्द खनाल र बिएिसका प्राध्यापक कमल पोख्रेलले भण्डारी निकै मेहेनेती, अनुशाषित र लगनशिल भएकाले सो नतिजा आएको बताउँदै सबैले निर्माबाट धेरै सिक्नु पर्ने बताउनु भयो । क्युएएको प्रकृयामा रहेको जिल्लाकै पहिलो सिद्धार्थ क्याम्पसले यसअघि पनि स्नातक तहमा मुलुकमै प्रथम स्थान हासिल गरी राष्ट्रपतिबाट स्वर्ण पदक प्राप्त गरेको थियो । वि सं २०६९ सालमा छात्रा बसुन्धरा भुषालले शिक्षा शाष्त्र शंकायबाट स्वर्णपदक प्राप्त गरी क्याम्पसलाई मुलुकमै प्रथम बनाउनु भएको थियो । उनलाई क्यामपसले विशेष कार्यक्रमको आयोजना गरी सम्मान गर्ने जनाइएको छ । यसैबीच स्वतन्त्र विद्यार्थी युनियनले आज उनलाई सम्मान गरेको छ । प्रदेश सांसद विष्णु पन्थी, क्याम्पसका अध्यक्ष झविलाल पोख्रेल, क्याम्पस प्रमुख खेमराज शर्मा र स्ववियू सभापति शुशिल खत्रीले भण्डारीलाई सम्मान पत्रद्धारा सम्मान गर्नुभएको थियो ।

प्रकाशित मिति : २ मंसिर २०७६ सोमबार ००:००  ७ : ३६ बजे