११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

एकल महिलालाई घर उपहार



मायादेवी अनलाइन, कपिलवस्तु ।
रुपन्देहीको मायादेबी गाउपालिका– ५ सेमराहनाकी बिपन्न एक महिलालाई नौ लाखको घर बनाएर हस्तान्तरण गरिएको छ । स्थानीय ६० बर्षिया नजरुन निशालाई कतार च्यारेटीको आर्थिक सहयोमगा लिडो नामक संसथको अगुवाईमा ट्रस्टको छानोले बनेको घर निर्माण गरी हस्तान्तरण गरिएको हो । २ कोठे घरमा संगै शौचालय, बिद्यतु बायरिङ नुहाउने कोठा, भान्सा र अध्ययनकालागि छुट्टै कक्ष समेत छन । यस्तै पलंग, बिछौना, स्टील दराज, भान्साकालागि चाहिने सेट समेत दिईएको छ । यस्तै घर बाहिर मोटर सहीतको खानेपानी टंकी समेत जडान गरिएको छ । संपत्तिको नाममा ५ धुर जग्गा मात्र छ । त्यही जग्गामा घर निर्माण गरी कतार च्यारेटी र लिडोले एक कार्यक्रमका बिच नजरुनलाई घर हस्तान्तरण गरेकोे हो । सांसद अतहर कमाल र प्रदेश सदस्य बसीउीन खाले रिबन काटेर घर प्रबेश गरिएको थियो । एक दशक अघि पति गुमाए पछि ६ जना सन्तानलाई मिहीनेत मजदुरी गरी पाल्दै आएकी थिईन । फुसको घरमा बर्षो देखि गुजार चलाउदै आएकी नजरुनले कतार च्यारेटीले आफुलाई जीवनको सबै भन्दा ठुलो उपहार दिएको बताईन । छरछिमेकमा मिहीनेत मजदुरी गरी परिवारको पेट पाल्दै आएकी नजरुनलाई बिहे गरे पछि छोराहरु अलग बस्र्दै आएका छन । अहिले उनीसंग एक छोरा र एक छोरीसाथमा छन । कान्छी छोरी असिना खातुनले घरले आफनो परिवारमा खुशीको बर्षा भएको बताईन ।
सांसद अतहर कमाालले सही ठाउमा लगानी गरेको बताए । अति बिपन्न परिवारलाई कतार च्यारेटीले सहयोग गरेकोमा आभार प्रकट गरे । प्रदेश सदस्य बसीउद्दीन खाले अति बिपन्न र त्यसमा पनि एकल महिलालाईं कतार च्यारेटीले ठुलो सहयोगमा गरेको बताए । उनले च्यारेटीले अरु बिपन्न परिवारलाई पनि यस्ता घरहरु निर्माण गरी दिनु पर्ने बताए । कतार च्यारेटीका ईन्जीनीयर हामिद फैसलको डिजनाईमा ३ महिना लगाएर घर निर्माण गरिएको थियो । सो अवसरमा ईन्जीनीयर फैसललाई लिडोले कदर पत्र प्रदान गरेको थियो । लिडो संस्थाकी ब्यवस्थापक सुनिता बेल्बासेले च्यारेटीले रुपन्दहीको दक्षिणी पालिकाहरुमा ५ सिर्चाई आयोजना र चाअर शौचालय निर्माण गरेको बताईन ।

प्रकाशित मिति : २ मंसिर २०७६ सोमबार ००:००  ६ : ३० बजे