११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

बंगलादेशसँग ८ विकेटले हार्‍यो नेपाल



काठमाडौं ।
इमर्जिङ टिम्स एसिया कपमा नेपाल घरेलु टोली बंगलादेशसँग ८ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १३९ रनको लक्ष्य उसले मात्र २४ ओभरमा २ विकेट गुमाएर भेट्टायो । बंगलादेशका लागि नजमुल सान्टोले अविजित ५९ रन बनाए भने नैम शेखले ४५ रन ।
नेपालका करण केसी र सुशन भारीले समान १(१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४।३ ओभरमा सबै विकेट गुमाएर १३९ रन बनाएको थियो ।
नेपालको सुरुवात औषत रहृयो । कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । मल्ल १० रनमा आउट भए । त्यसपछि नेपालले लगातार विकेट गुमायो र ८५ रन जोड्दा ८ विकेट विकेट गइसकेको थियो ।
तर, सोमपाल कामी र करण केसीले ५० रनको महत्वपूर्ण साझेदारी गरे । करण १८ रनमा आउट भए । सोमपाल ३८ रनमा आउट भए ।

प्रकाशित मिति : २ मंसिर २०७६ सोमबार ००:००  २ : ४३ बजे