११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

गुल्मीलाई खरका छानामुक्त बनाउने अभियान तिव्र



गुल्मी ।

गुल्मी जिल्लालाई खरका छानामुक्त जिल्ला बनाउने अभियानलाई यहाँका स्थानीय तहहरूले तीव्रता दिएका छन्। मालिका गाउँपालिका ६ अर्जेले भने कात्तिक १६ गते एक कार्यक्रमबीच श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले खरका छानामुक्त वडा घोषणा गरे। मुसिकोट नगरपालिका गुल्मीमा कुल नौ सय ७४ खरका छाना भएका घरहरूलाई टिनका छाना बनाउनका लागि ३९६ घरहरुमा जस्तापाता लगाएको र बाँकी पाँच सय ७८ घरहरुलाई यस आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य लिएको सूचना अधिकारी माधव घिमिरेले जानकारी दिए। त्यसका लागि १ करोड  ५० लाख रुपैयाँ खर्च भइसकेको र यस आर्थिक वर्षका लागि २ करोड रकम विनियोजन गरेको घिमिरेले जानकारी दिए। यस्तै रेसुंगा नगरपालिका गुल्मीमा कुल सात सय  घरधुरी खरका छाना रहेकोमा चार सयमा जस्तापाता लगाइसकेको र बाँकी तीन सय घरमा  यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत भक्त्तिराम मरासिनीले जानकारी दिए। हालसम्म ६२ लाख रुपैयाँ खर्च भइसकेको नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति : २ मंसिर २०७६ सोमबार ००:००  २ : ३५ बजे