मायादेवी अनलाइन, कपिलवस्तु ।
बैजलपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समुह बाणगंगा २ ले विद्यार्थीहरुलाई खाजा खाने टिफिन वक्स वितरण गरेको छ । पञ्च आधारभूत विद्यालय वैजलपुरमा नर्सरीदेखि कक्षा ८ सम्म अध्धयन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई वनले टिफिन वक्स वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णु पौडेलले विद्यार्थीहरुलाई टिफिन वक्स वितरण गर्दै यसको सही सदुपयोग गर्न सुझाउनु भयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुमित्रा परियारको अध्यक्षतामा भएको कार्यक्रममा वनका अध्यक्ष सत्य नारायण थारुले वनबाट आम्दानी भएको रकमले बिभिन्न सामाजिक काम गर्दै आएको बताउनु भयो । आफ्नो समुदायका कतिपय बालबालिकाहरु सामान्य टिफिन वक्स पनि किन्न सक्ने हैसियतमा नरहेका कारण उनीहरुलाई सहयोग पुगोस् भन्ने उदेश्यले टिफिन वक्स बाँड्ने योजना बनाएको उहाँको भनाई छ । विद्यालयका अध्यक्ष जगत् रेग्मीले वनको कार्यबाट आफू प्रभावित भएको बताउँदै धन्यबाद दिनुभयो । शिक्षिका कुमारी पौडेलको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा वनका पदाधिकारी, अभिभावक र विद्यार्थीको सहभागिता थियो । टिफिन वक्स पाएपछि विद्यार्थीले खुसी साटेका छन् ।
२ मंसिर २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया