९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नगर सफाइमा वाणगंगा वडा नम्बर ७ को जनसागर झाडु लिएर सडकमा



मायादेवी अनलाईन, कपिलवस्तु ।
वाणगंगा नगरपालिकाको ‘म सफा गर्छु मेरो नगर’ भन्ने अभियान अन्र्तगत नगर सरसफाई तथा हरियाली प्रवर्धन कार्यक्रम वडा नम्बर ७ मा सम्पन्न भएको छ । हरेक महिनाको दुई दिन चलाइने अभियान अन्तर्रगत आज वडा नम्बर ७ मा सम्पन्न भएको हो ।
सरसफाईका क्रममा पसल अगाडी भएका फोहर, सडक किनारका बिभिन्न कागज, झाडी लगाएतको सरसफाई गरिएको थियो । यस्तै पसल अगाडी फोहर गर्ने पसलधनीलाई आगामी दिनमा फोहर नगर्न सुझाइएको छ भने अटेर गरी नगरको सौन्दर्यतामा असर गर्नेगरी फोहर गर्नेहरुको पसलमै पसेर सफाइकर्मीहरुले फोहर उठाएर नगरपालिकाको गाडीमा राखेका छन् । कार्यक्रममा वाग्मती सफाई अभियानका अभियान्ता राजु अधिकारी, ग्रिन काठमाडौंको टोली लगाएतको सहभागीता रहेको थियो । अभियान जनचेतना आधारभूत माविबाट सुरु भएर घेरवा बनगाई चोकमा आएर सकिएको थियो । सफाइमा सबै वडाध्यक्षहरु, नगरका कर्मचारी, वृद्धवृद्धा, युवायुवती गरी एक हजार बढीको सहभागिता रहेको थियो । अभियानमा वडाबासीको जनलहर झाडु, कुटो, कोदाली, हँसिया लिएर एकाविहानै सडकमा आएका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद विष्णु पन्थी, नगर उपप्रमुख चक्र अर्यालले बोल्दै नगरपालिकाले सञ्चालन गरेको अभियानलाई नगरबासीले सफल बनाउनुपर्ने भन्दै सरसफाई अभियानमा जुट्न आग्रह गर्नुभयो ।
प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले सरसफाईमा जागरण बढ्दै गएको भन्दै वडा नम्बर ७ मा देखिएको ब्यापक जनसहभागिताले थप उत्साह थपेको बताउनुभयो । कार्यक्रममा वाग्मती सफाई अभियानका अभियान्ता राजु अधिकारीले सरसफाई सम्बन्धी जनचेतनामूलक कुराहरु बताउनु भएको थियो । नदी सफाइबाट आक्रमक स्वरुप लिएको सफाइ अभियान देशैधर बिस्तार हुने क्रम बढेको बताउँदै उहाँले भन्नुभयो– म जहाँजहाँ जान्छु त्यहाँ सफाई गर्छु । वाग्मती नदी सफाइ अभियानका अभियन्ता जुन स्थानमा पुगे त्यहि सफाइका विषयमा छलफल गर्ने तथा अभियान संचालन गर्ने गरिएको पनि उहाँले कार्यक्रममा जानकारी दिुभयो ।स्थानीय सरकारले पर्यावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापनमा आफ्नो संयन्त्रको प्रयोग गरेमा फोहोरलाई स्रोतको रुपमा लिन सकिने आफ्नो विश्वास रहेको बताउनु भयो । उहाँले म सफा गर्छु मेरो नगर भनेर नागरिकलाई वाचा गराउदैँ नगर सरसफाइ तथा हरियाली प्रवद्र्धनमा लाग्न सुझाउनु भएको थियो ।
यस्तै वडा अध्यक्ष विष्णु गिरीले सरसफाई अभियानमा सहभागी हुने सबै वडाबासीलाई धन्यवाद दिनुभयो । उहाँले आफ्नो वडाले गरेको सफाइ अभियानलाई नगरले अनुसरण गरेकोमा खुसी लागेको बताउनु भयो । नगरपालिकाले हरेक महिनाको २ दिन १ र १५ गते सरसफाई कार्यक्रम गर्दै आएको छ । जस अनुसार आज वडा नम्बर ७ मा गरिएको हो ।Image may contain: 5 people, people smiling

प्रकाशित मिति : २ मंसिर २०७६ सोमबार ००:००  ६ : ४३ बजे