११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

 ११ औँ कपिलवस्तु महोत्सव युवामैत्री , पशुपतिनाथ मन्दिरको ढाँचामा सचिवालय



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
११ औँ कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७६ को तयारी तीव्र भएको छ । “युवा क्षमतामा अभिवृद्धि र पर्यटनमा सवृद्धि” भन्ने मूल नाराका साथ मंसिर १९ गतेदेखि पौष १ गतेसम्म गर्ने पूर्व निर्धारित मिति अनुसार महोत्सव सम्पन्न गर्न आयोजक बाणगंगा स्पोर्टस् एण्ड वेलफेयर सोसाइटी जितपुर तातेको हो । एक बर्ष कपिलवस्तु उद्योग बाणिज्य संघ र एक बर्ष वेलफेयरले गर्ने परम्परा अनुसार अहिले कपिलवस्तुकै ठुलो महोत्सव वेलफेयरले गर्दै छ । वेलफेयर सोसाइटीमा अधिकांस युवा जमात भएकाले यस पटकको महोत्सव कृषि र औद्योगिक प्रदर्शनीसंगै युवामैत्री हुने क्लवका अध्यक्ष राजकुमार खाणले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
महोत्सव सफल पार्नको लागि वेलफेयरका अध्यक्ष  खाँणको संयोजकत्वमा मेला मूल आयोजक समिति बनाइएको छ । महोत्सवको निर्देशकमा दिनेश क्षेत्री रहनु भएको छ । मूल समिति अन्तर्गत अहिले २१ वटा उपसमितिले धमाधम काम गरिरहेका छन् । मेला संयोजक खाँणका अनुसार महोत्सव सुरु हुन अब १५ । १७ दिनभन्दा बढी नभएकाले युद्ध स्तरमा काम भइरहेको छ । अहिले मेला स्थल बुद्ध रंगशाला चार नम्बर जितपुरमा धमाधम स्टल निर्माणको काम भइरहेको छ भने ठाउँठाउँमा पाहुनाको स्वागतको लागि स्वागतद्धार निर्माण गरिएको छ । बाणगंगा नगरपालिकाभित्र महत्वपूर्ण ठाउँ र चोकहरुमा आकर्षक स्वागतद्धार निर्माण भइसकेका छन् । मेलालाई प्रदेशमै नमुना बनाउन  के गर्दा राम्रो हुन्छ बिभिन्न ब्यत्हिरुसंग पनि सुझाव सल्लाहा लिने काम भइरहेको आयोजकले बताएका छन् । यस्तै प्रचार प्रसार, बाउन्ड्री निर्माण, सरसफाइ लगायतका काम पनि मेला स्थलमा धमाधम भइरहेको छ ।

मेलाका मुख्य आकर्षण

कृषि तथा औद्योगिक प्रदर्शनीः यस पटकको महोत्सवको मुख्य आकर्षण भनेको कृषि तथा औद्योगिक प्रदर्शनी रहेको संयोजक खाँणले बताउनु भयो । स्थानीय स्तरमा उत्पादन भएका कृषि तथा पशुजन्य उत्पादनलाई मेलामा प्रदर्शनीको लागि राखिने छ । यस्तै नयाँ कृषिजन्य प्रविधि, कृषि औजारको बारेमा जानकारीसंगै बिभिन्न तालिम र सेमिनारहरु पनि गरिने छ । यस्तै बिभिन्न उद्योगबाट उत्पादित वस्तुहरुलाई प्रदर्शनी तथा किनबेचको लागि राखिने छ ।
तिन सय स्टलः मेलामा उद्योग ब्यापार, कृषि, पर्यटन, वित्तिय संस्था तथा खानानास्ताका ३०० बढी स्टल रहने छन् । स्टल संयोजक जितेन्द्र श्रेष्ठका अनुसार अहिले ६५ प्रतिशत बढी स्टल बुकिङ भइसकेका छन् भने मंसिर १३ गतेसम्म सम्पूर्ण स्टल बुक भइसक्ने छन् ।

मूल गेटः ११ औँ कपिलवस्तु महोत्सवको मूल गेट लुम्बिनीस्थित मायादेवी मन्दिरको ढाँचामा हुने छ । नेपाल सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्ष २०२० लाई सफल बनाउन मूल गेट मायादेवी मन्दिर ढँचामा बनाउन लागिएको निर्देशक दिनेश क्षेत्रीले बताउनु भयो । मूल गेटलाई विभिन्न पुष्पगुच्चाले सिंगारेर चिटिक्क पारिने छ भने शान्तिका अग्रदूत गौत्म बुद्धको प्रतिमा आकर्षक ढंगल सजाइने छ । मूल गेटमा प्रवेश गर्न र बाहिरिनको लागि छुट्टाछुट्टै ब्यवस्था हुने छ ।

सचिवालयः वेलफेयरले गर्ने ११ औँ महोत्सवमा बनाइने सचिवालय यसपटक पशुपतिनाथ मन्दिरको ढाँचामा बनाइन लागिएको छ । विश्वमै पशुपतिनाथ मन्दिरको छुट्टै महत्व भएकाले मेलालाई थप आकर्षक बनाउन सचिवालय पशुपतिनाथ मन्दिरको दुरुस्त झल्को दिने गरी बनाउन लागिएको आयोजकले बताएका छन् । यसले पर्यटन बर्षलाई सफल पार्न सहयोग गर्ने आयोजकको लक्ष्य छ ।

डान्स आइडलः महोत्सवमा हुने मनोरंजनात्मक कार्यक्रम अन्तर्गत यसपटक पनि डान्स आइडल हुने छ । प्रदेश ५ मा लुकेर रहेका नृत्य प्रतिभाहरुलई माथि उठाउन गत बर्षहरुमजस्तै डान्स आइडल गरिने छ । आइडलको विजेताले १ लाख ११ हजार १ सय ११, द्धितयि हुनेले ६६ हजार ६ सय ६६, तृतीय हुनेले ४४ हजार ४ सय ४४ र चौथो स्थान हासिल गर्नेले २२ हजार २२ सय २२ रुपैयाँ सहित बिभिन्न उपहार हरु पनि पाउने डान्स आइडल संयोजक अमृत केसीले जानकारी दिनुभयो । यसपटक आइडलको प्रकृतिमा केही परिवर्तन गर्ने आयोजकको जनाउ छ । भोटिङका कारण धेरै विवाद आउने भएको हुँदा यसपटक डिजिटल भोटिङका बारेमा पनि सल्लाहा भइरहेको केसीले बताउनस भयो ।

युवामैत्रीः यो महोत्सव नितान्त युवामैत्री हुने छ । गत बर्षहरुमा भन्दा यसपटक युवाहरुका लागि विशेष कार्यक्रहरु त्य गरिएको आयोजकले बताएको छ । सांस्कृति कार्यक्रम हुने स्टेजबाट गीत र नृत्य मात्र प्रस्तुत हुने छैनन् युवा लक्षित बिभिन्न तालिम र सेमिनारहरु पनि हुने आयोजकले बताएका छन् । मुखय तया युवाहरुलाई बिभिन्न सीर र तालिम प्रदान गरेर स्वरोजगार बनाउनको लागि बैङ्किङ, ब्युटिसियन, डलकुशन, पत्रकारिता आदि तालिमहरु संचालन गरिने छ । तालिमको लागि विशेषज्ञहरुसंग छलफल भइरहेको पनि निर्देशक क्षेत्रीले बताउनु भयो । यस्तै कुलत तथा दुव्र्यसनीमा फसेका युवाहरुलाई परिवर्तन गर्दै सामाजिक विकासमा लगाउन विशेष कार्यक्रमहरु गर्न लागिएको मेला मूल आयोजक समितिले जनाएको छ । आयोजक क्लव नै जल्दाबल्दा युवाहरुको भएको हुँदा युवामैत्री कार्यक्रम ल्याउनु जरुरी भएको क्लवले जनाएको छ ।

सांस्कृतिक कार्यक्रमः महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत स्थानीय तथा राष्ट्रिय कलाकारले विशेष प्रस्तुति दिने छन् । युवाले मन पराएका र अहिले चलेका लोक, आधुनिक र पप संगित क्षेत्रबाट कलाकारहरु महोत्सवमा आउने छन् भने स्थानीय कलाकारले पनि स्टेज पाउने आयोजकले जनाएको छ । यस्तै सबै पुस्ताले मन पराउने दोहोरी गीत प्रतियोगिता पनि राख्ने सांस्कृतिक कार्यक्रम संयोजक राजन आलेले जानकारी दिनुभयो ।

खेलकुद र मनोरञ्जनः दर्शकको मनोरंजनको लागि भनेर यस पटक पनि बिभिन्न पीङहरु, बालबालिकाको लागि मिक्की माउस, झुला, मौत्का कुवा, डुंगा, जादुगर, ब्रेक डान्स लगायत रहने स्टल रहने जनाएको छ । आयोजकका अनुसार यो महोत्सवमा १ लाख दर्शक भित्राएर १ करोड बढीको कारोबार गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६ आइतबार ००:००  ८ : ०६ बजे