मायादेवी अनलाइन, कपिलवस्तु ।
लुम्बिनी प्रेस क्लवको आयोजनामा लुम्बिनीमा न्युज फेष्टिवल सुरु भएको छ । देशभरका पत्रकारहरुको सहभागीता रहेको न्युज फेष्टिवल नेपालमै पहिलो पटक आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले देश विकासको लागि मिडियाको भुमिका महत्पूर्ण हुने बताएका छन् । उनले लुम्बिनी लुम्बिनी क्षेत्रको लािग मात्रै नभएको भन्दै विश्वभरका मानिसहरुको लागि लुम्बिनी साझा भएको बताए ।
मुख्यमन्त्री पोखरेलले युगपुरुष गौतम बुद्धको जन्मस्मस्थल सबैको साझा क्षेत्र भएको बताए । सञ्चार क्षेत्र सबैको साझा क्षेत्र भएपनि सञ्चार सूचना प्रविधिको कारण चुनैतीहरु कसरी सामाना गर्ने र यसलाई कसरी अवसरको रुपमा बदल्ने भन्ने विषयमा अबको ध्यान केन्द्रीत हुनुपर्ने बताए ।
मुख्यमन्त्री पोखरेलले अवको पत्रकारिता द्धविधामा रहनुपर्ने अवस्था नरहेको बताए । उनले भने अधिकार विहिन नागरिकहरु समृद्धिको आधार बन्न सक्दैनन्, अवको अभियान भनेको समद्धिको अभियान हो । पछिल्लो समयमा अधिकारको पक्षमा समुहिक र संस्थागत भएको भन्दै उनले संविधानमा उल्लेख भएका विषयवस्तु पूर्णरुपमा कार्यान्वयन हुनुको लागि राज्य सक्षम हुनुपर्ने बताए ।
अहिले लोकतन्त्र स्थापित भैसकेको अवस्थामा सबैभन्दा पहिलो अभियान नै राज्य बलियो हुनको लागि नागरिक समाजको आवश्यकता रहेको बताए । अवको अभियान भनेको सञ्चार क्षेत्रले सकारात्मक चेतना वृद्धि गर्नुपर्नेमा जोड दिए । सकारात्म चेतना नै बहुबल भएको भन्दै मुख्य मन्त्री पोखरेलले सकारात्मक चिन्तन वृद्धि गर्ने खालको विषयमा पत्रकारिता लाग्नुपर्ने बताए ।
मुख्यमन्त्री पोखरेलले लुम्बिनी विना त्यागले बुद्धत्व प्राप्त गर्न नसक्ने भन्दै उनले बुद्धत्व प्राप्तीको अभियान नै बुद्ध सक्रिटबाट सुरुभएको बताए । बुद्ध भन्दा पहिला ३ वटा बुद्ध जन्माउने भुमी नै अहिलेको लुम्बिनी क्षेत्र रहेको बताए ।
मुख्यमन्त्री पोखरेलले नेपालमा सभ्याता विकास गर्नको लागि लुम्बिनी क्षेत्रको भुमिका सबैभन्दा ठुलो रहेको बताए । लुम्बिनीको सन्देश राष्ट्रव्यापीरुपमा हुनुपर्ने बताए । उनले शान्तीको सन्देश नै बुद्धको सन्देश रहेको भन्दै यसलाई लुम्बिनी आउने पर्यटकको संख्या वृद्धि गर्नमा समेत यसले ठुलो भुमिका खेल्ने बताएका थिए ।
उनले सभ्यता विकासको नै लुम्बिनी रहेको तर यसको चर्चा देशभर नभएको बताए । उनले प्रदेशको कार्य सम्पादन मुल्यांनको आधारमा प्रदेश ५ सरकार सफल रहेको भन्दै प्रदेश ५ को आर्थिक वृद्धि दर ७.७ प्रतिशत हरेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संघीयता अव तल आउदै छ भन्ने सन्देश लुम्बिनी न्यूज फेष्टीभलल गरेको बताए । उनले अव समाचारका केन्द्र भनेको स्थानीय तह, गाउँ घर नै रहेको बताए । उनले भने संघीयताका अव गाउँघरमा आयो भन्ने सन्देश नै यो अभियाने दिएको छ । पछिल्लो समयमा सञ्चार क्षेत्र अलमलम परेको भन्दै अव नेपाली मिडियाको मिसन सुरुवात हुनुपर्ने बताए । उनले भने अव हाम्रो मिसन भनेको आर्थिक समृद्धि र विकास नै हो, यसमा पत्रकारितालाई जोड्न सकिएन भने अलममा परिन्छ ।
अवको पत्रकारिता आवाज विहिनको आवाज र सत्य तथ्यको आवाजको रुपमा पत्रकारिताको विकास हुुनुपर्नेमा जोड दिए । केन्द्रीय अध्यक्ष आचार्यले अवको अभियान पत्रकारिताको अभियान देश विकास को योजना रहेको बताए ।
१ मंसिर २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया