संखुवासभा ।
संखुवासभाको खाँदबारी नगरपालिका-११ हरेलो गाउँमा गोरुले हानेर एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय ७३ वर्षीया वृद्धा फुर्वा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले बताउनुभयो । उहाँका अनुसार, शनिबार बिहान आफैँले पालेको गोरुले हानेर गम्भीर घाइते भएकी शेर्पालाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो । शेर्पाको उपचारकै क्रममा अस्पतालमा नै ज्यान गएको हो । मृतकको शव पोस्ट मार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
१ मंसिर २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया