मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाका नगर प्रमुख प्रमुख मंगल प्रसाद थारुले सहकारीमा बचत गर्ने र क्रण लिनेदिने कार्यले मात्र सदस्यहरुकोे आर्थिक स्तर माथि उठ्न नसक्ने भन्दै अब कृषि लगायतको उत्पादनमुखी काममा सहकारीले लगानी गर्नुपर्ने बताउनु भएको छ । लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा जितपुरको शनिबार १३ औँ बार्षिक साधारण सभा तथा ७ औँ अधिवेशनको उद्घाटन गर्दै नगर प्रमुख थारुले सबै सहकारीकर्मीहरुलाई सहकारीको नीति अनुसार चल्न पनि सुझाव दिनुभएको छ ।
कार्यक्रममा नगर उपप्रमुख चक्र अर्यालले नगर अब सहकारीको बर्गिकरणको तयारीमा रहेको बताउनु भयो । नगरमा जम्माजम्मी ६६ सहकारी रहेको भन्दै उहाँ कुनैको प्रगति राम्रो र कुनै सहकारी नीति भन्दा बाहिर रहेको जिकिर गर्नुभयो । सहकारीमा बर्गिकरण आवश्यक भएको भन्दै नगर उप प्रमुख अर्यालले अब सहकारी बर्गिकरणको काम छिट्टै हुने बताउनु भयो ।
कार्यक्रममा प्रदेश ५ सहकारीका सदस्य तथा जिल्ला सहकारी कपिलवस्तुका उपाध्यक्ष तेज प्रसाद आचार्य, जिल्ला सहकारीका सचिव ढाकाराम अधिकारीले सहकारीका नीति र सहकारीमा आएका नयाँ परिवर्तनको बारेमा जानकारी दिनुभएको थियो । उहाँहरुले अब एउटै ब्यििक्त एकभन्दा बढी सहकारीमा आवद्ध हुन नपाउने गरी नीति बन्न लागेको भन्दै सबको ध्यानाकर्षण गराउनु भयो ।
अब हरेक सहकारीले तिन पुस्ते विवरण देखिने प्रविधिको प्रयोग गर्नै पर्ने आचार्यले बताउनु भयो । सहकारी संघका अध्यक्ष आचार्यले संस्थाले छोटो समयमा धेरै उपलब्धि हासिल गरेकाले भावी दिनमा यसलाई झन् सशक्त सहकारीको रुपमा अगाडी बढाउन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा रेडियो मायादेवी संचालक संस्था नव छहारी सामाजिक विकास संस्थाका अध्यक्ष नन्द किशोर शुक्ला, सहकारीका पूर्व अध्यक्ष निराजन अधिकारी, मायादेवी रेडियोका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपाने, बाल बचत कर्ता सृष्टि अधिकारी लगायतले बोल्नु भएको थियो ।
३० कार्तिक २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया