मायादेवी अनलाइन, गोरुसिंगे ।
नेपाली सेना प्रदेश ५ का पृतनापति सीताराम खड्काले नेपाली सेनाले नेपाली जनताका हरेक सुख दुखमा हरदम साथ दिन तयार रहेको बताउनुभएको छ । जनताको साथ बिना सेनाले गरेका कामको प्रभावकारीता नदेखिने भन्दै नेपाली सेना जनताको बिचमा रहेर विभिन्न काम गर्न तयार रहेको बताउनुभयो ।
नेपाली सेनाले नारायण गण दल गोरुसिंगेमा शनिबार राखेको नागरिक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले नागरिकसंगको सम्बन्ध सुमधुर बनाउन विभिन्न प्रयास गर्दै आएको बताउनुभयो । नेपाली सेनाले दशकौ देखि नेपाली सैनिक रेडियो कार्यक्रम सञ्चालन गरी जनताको बीचमा रहेको भन्दै अबका दिनमा मिडिया मैत्री भएर काम गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा कपिलवस्तुका अगुवाहरुले नेपाली सेनाले देशमा गरेको भूमिकाको चर्चा गर्दै आगामी दिनका लागि विभिन्न सुझाव दिएका थिए । सेनाले शान्ति सुरक्षा, विपत व्यवस्थापन, भौतीक विकास, सर्पदंश उपचारमा महत्वपूर्ण योगदान गरेको भन्दै कपिलवस्तुका अगुवाहरुले सेनाको खुलेरै प्रशंसा गरेका थिए ।
कार्यक्रममा गत हिउँदमा कर्नाटोडले बारा र पर्साले पु¥याएको क्षति पछि सेनाले गरेको जनता आवास निर्माणबारे बृत्तचित्र प्रस्तुत गरिएको थियो । यस्तै लघु चित्र प्रदर्शनीमा प्रथम भएको वितृचित्र मार्फत पनि सेना सम्बन्धि गतिविधि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नेपाली सेनाका महासेनानी ईश्वर श्रेष्ठ, नेपाली सेना जन सम्पर्क तथा सुचना निर्देशनालयका सेनानी प्रधुम्न पौडेल, सेनानी रविन अधिकारी, नारायणगण दल गोरुसिंगेका गणपति कुलेन्द्र विक्रम आङ्दम्वे लगायतको उपस्थिती रहेको थियो ।
उक्त अवसरमा नेपाली सेनाले उत्पादन गर्दै आएको रेडियो कार्यक्रम नेपाली सैनिक प्रशारण गर्ने रेडियो मायादेवी लगायत जिल्लाका आधा दर्जन रेडियोहरुलाई कदरपत्रले सम्मान गरिएको थियो ।
प्रतिक्रिया