१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

केदारनाथ मोटरसाइकलमा पल्सरको एनएस २०० एफआई, यस्ता छन् विशेषता



मायादेवी अनलाइन, कपिलवस्तु । 

बजाज मोटरसाइकलको कपिलवस्तुको आधिकारिक विक्रेता केदारनाथ मोटरसाइकल वर्कसप बाणगंगा-१ वैरियामा एनएस २०० को एफआई भर्सनका विक्रि सुरु गरेको छ । मोटरसाइकललाई अटो ब्यवसायी टेकनाथ पाठकले सार्वजनिक गर्नुभएको थियो । बजाजको सर्वाधिक लोकप्रिय मानिएको नेकेड एनएस २०० को एफआइलाई कपिलवस्तुमा पनि धेरै मन पराएको  प्रबन्धक विष्णु पाठकले बताउनु भयो ।
नेपालमा विक्रि सुरु गरे लगत्तै कपिलवस्तुमा पनि त्यसको माग भई आएकाले कार्तिक २८ गतेदेखि विक्रि सुरु गरिएको उहाँको भनाई छ ।  शो रुमका म्यानेजर बिनोद पाठकका अनुसार यसको बजार मूल्य ३ लाख ५४ हजार ९ सय रहेको छ । कम्पनीले एनएस २०० मा एबीएससहित एफआई इन्जिन लगाइएको छ । हाल, कार्बुरेटर सेटअपमा रहेको यो मोटरसाइकल नियोन ब्ल्यू, एल्लो र रेड स्टिकर सहित विभिन्न बडी प्यानल र अलोय रिमम आएको कम्पनीले जनाएको छ  ।

Not found

एनएस २०० एफआइका मुख्य विशेषता

इन्जिन

बजाजले यसमा फ्युल इन्जेक्टेड एसओएससी फोर भल्भ लिक्वीड कुल्ड ट्रिपल स्पार्क इन्जिन लगाइएको छ । यसले ९७५० आरपीएममा २३.१७ बीएच पावरका साथै १८.३ एनएम टर्क उत्पादन गर्छ । यसमा मोडलमा ६ स्पीड गियरबक्स दिइएको छ ।

डायमेन्सन

मोटरसाइकलको लम्बाई चौडाई, उचाई र ह्वीलवेसलाई महत्वपूर्ण मानिन्छ । यसको लम्बाई २०१७ एमएम, चौडाई ८०४ एमएम र उचाइ १०७५ एमएम रहेको छ । यसमा ८०५ एमएमको सिट हाइट रहेको छ भने, १५६३ एमएमको ह्वीलवेश र १६७ एमएम ग्राउन्ड क्लियरेन्स दिइएको छ ।

सस्पेन्सन तथा ब्रेक 

यसको फ्रन्ट साइडमा ३७ एमएमको टेलिस्कोपिक फ्रन्ट फर्कसँगै एन्टीफ्रिक्शन ब्रुशर र रियरमा निट्रोक्स मनोशक याब्जर्बर सस्पेन्सन लगाइएको छ । यस्तै, फ्रन्टमा २८० एमएमको पेटल र रियरमा २३० एमएमको डिस्क ब्रेक दिइएको छ ।

टप-स्पीड क्षमता

यसको टप–स्पीड क्षमता प्रतिघन्टा १३६ किलोमिटर रहेको छ भने, प्रतिलिटर ५३ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

विशेषता

यसमा डिजिटल स्पीडोमिटर, टेकोमिटर, एनालग ट्रिपमिटर, क्लक फ्युल गज, पास लाइट, एच फोर ब्ल्यु टिंङ्ग हेडलाइट, एलइडी टेललाइट तथा एक्जुलरि लाइटको विशेषता दिइएको छ । यसका साथै, इलेक्ट्रीक लाइट, पीलन फोरेष्ट, स्प्लीट सिट, पिलन ग्राब रेल लगायतका विशेषता उपलब्ध रहेको छ ।

मूल्य

नेपाली बजारमा एनएस २०० को रेगुलर मोडलको मूल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ रहेको छ । एफआई भर्सनमा यसको मूल्य करिब ४ लाख पुग्ने अनुमान लगाइएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६ शनिबार ००:००  ७ : २५ बजे