११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

सीमा विवादबारे काँग्रेसले भ्रम छर्दै हिडेको देवेन्द्र पौडेलको आरोप



बुटवल ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले नेपाल–भारत सीमा विवादबारे काँग्रेसले भ्रम छरिरहेको आरोप लगाएका छन् । पौडेलले देशको सार्वभौमिकता र सीमाको सन्दर्भमा विगमा काँग्रेस नेताहरुको भूमिकालाई हेर्न काँग्रेस कार्यकर्तालाई आग्रह गर्दै नेकपाप्रति भ्रम नफैलाउन चेतावनी दिए ।
सरकारले कुटनैतिक माध्यमबाट सबै समस्या समाधान गर्ने उनले बताए । त्यस्तै नेता पौडलले मध्ये पहाडी लोकमार्ग अन्तरगत बाग्लु घोडाबाँधे क्षेत्रको सडकमा काम गर्ने ठेकेदारले समयमा गर्न नसकेको भन्दै सरकारले कारबाही गर्ने तयारी गरिरहेको बताए ।
मध्य पहाडी लोकमार्ग अन्तरगत वागलुङ खण्डको अन्य सडक स्तरोन्नतीसहित कालोपत्र हुँदा पनि सदरमुकाम जोडिएको २५ किलोमिटर सडकमा पूर्ण काम हुन सकेको छैन । वाम गठवन्धनले बडिगाड गाउँपालिका –२ दनियाँमा गरेको चियापान कार्यक्रममा उनले वर्तमान सरकारले दर्जन बढी कामको फेहरिस्त सुनाए ।
सोही कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश व्युरो प्रमुख राजेन्द्र ढुंगानाले कम्युनिष्ट सरकारले सकारात्मक परिवर्तनका कामहरु गरिरहेको बताए । जिल्ला समन्वय समिति बागलुङको प्रमुख समेत रहेका ढुंगानाले जिल्लाको समग्र विकासको लागि कम्युनिष्ट सरकार लागि रहेको दावी गरे ।

प्रकाशित मिति : ३० कार्तिक २०७६ शनिबार ००:००  ७ : १८ बजे