पाल्पा ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली जनताको चित्त दुखाएर छिमेकीसँग मित्रता कायम रहन नसक्ने बताएका छन् । नेपाली जनताको भावनालाई बुझेर सरकारले छिमेकी मुलुसँगको मित्रतालाई अगाडि बढाउने उनले बताए । महाकवि नीलकण्ठ न्यौपानेद्वारा लिखित श्रम–साधना महाकाव्यको शनिबार तानसेनमा लोकार्पण गर्दै उनले यस्तो बताएका हुन् ।
छिमेकी मित्रले बुझ्न जरुरी छु मन्त्री ज्ञवालीले भने, मित्रताको नाममा अधिकारलाई छाड्न सकिँदैन । मित्रता र अधिकार सँगसँगै अगाडि बढ्छ । नेपालको एक इन्च भूमि नछोड्ने उनले बताए । भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी आफ्नो भएको उल्लेख गरेकोप्रति उनले भने, यी भूभाग नेपालका हुन् । फिर्ता भएरै छाड्छ । यसको लागि कूटनीतिक पहल भइरहेको छ ।
०१५ सालमा त्यही ठाउँमा चुनाव भएको, त्यहाँका जनताले भोट हालेको, ०१८ सालमा गणना भएको, त्यहाँका मान्छेले नाम लेखाएको र १९९७ सालमा बैतडी गौडामा आएर तिरो तिरेका रसिदहरु हामीसँग सुरक्षित छन् । सीमा दाबीका लागि हामीहरूलाई योभन्दा ठूलो प्रमाण अरू नचाहिने मन्त्री ज्ञवालीको भनाइ छ ।
मिचिएको भूमि फिर्ता गराएरै छाड्छौँ यो सरकारप्रति विश्वस्त रहनुस् उनले भने, कुनै अन्यथा हुन्छ कि, यो मुद्दा सरकारले बीचमै छोड्छकी, विस्तारै सेलाउँदै जान्छ कि भनेर चिन्ता नगर्नुस् । सरकारको पहिलो काम भूमि र त्यहाँको रक्षा गर्ने हो । यी दुईवटा काम पूरा गर्न सरकार प्रतिवद्ध छ । हिजो नेपाली जनता राष्ट्रियताको नाममा लडे पनि सरकारले दह्रो गरी कुरा राख्न र बोल्न नसक्ने गरेको उनको उनको भनाइ थियो ।
तर, आजको सरकार जनताका भावना बोक्ने सरकार भएको उनको दाबी छ । जनताको भावना र सरकारको सोंचको बीचमा कहीँकतै अन्तर नभएको पनि मन्त्री ज्ञवालीको भनाइ छ । नाकाबन्दीका बेला अलग अलग भएका दलहरू अहिले एकस्वर भएर बोल्नु नै सबैभन्दा ठूलो ऊर्जा भएको उहाको भनाइ छ ।
३० कार्तिक २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया