कञ्चनपुर ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सत्तामा रहँदा कालापानीको विषय जोडदार रूपमा उठाएको बताउनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरमा शनिबार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका उहाँले वर्तमान सरकारले लिपुलेक, कालापानीलगायत सीमा अतिक्रमणका विषय सशक्त रुपमा उठान नगरेको आरोप लगाउनुभयो । कालापानी नेपालको भू–भाग होु, उहाँले भन्नुभयो, मैले बेला–बेला कालापानीको विषय उठाउँदै आएको छु । महाकाली सन्धिमा महाकाली नदी सीमा नदी उल्लेख गरिएको दाबी गर्दै उहाँले महाकालीको पानी पनि आधा–आधा हुने सन्धिमै स्पष्ट रहेको बताउनुभयो । त्यस्तै सभापति देउवाले कुटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताउनुभएको छ । उहाँले सरकाले राष्ट्रवादको नारा दिए पनि त्यसअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो ।
३० कार्तिक २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया