११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

ब्राजिलविरुद्धको खेलमा मेस्सी पेनाल्टीमा चुके , मेस्सीको गोलमै विजयी



एजेन्सी ।
फिफा अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जे्न्टिनाले ब्राजिललाई पराजित गरेको छ । लियोनल मेस्सीको एकमात्र गोलमा अर्जे्न्टिनाले ब्राजिललाई एक(शून्यले हरायो । ब्राजिलले सुरुवातमै पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेन । खेलको ९औँ मिनेटमा गाब्रियल जिससले प्रहार गरेको पेनाल्टी सही दिशामा रहन सकेन । जिससलाई नै गेरमन पिजेलाले फल गरेपछि ब्राजिलले पेनाल्टी पाएको थियो ।
त्यसपछि १३औं मिनेटमा अर्जे्न्टिनाले पेनाल्टीको अवसर पायो । मेस्सीलाई एलेक्स सान्द्रोले डिबक्समा फल गर्न पुगे । तर मेस्सीले पनि पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन् । मेस्सीको प्रहारलाई ब्राजिलका गोलकिपर एलिसन बेकरले रोकिदिए । त्यसको लगत्तै अर्जे्न्टिनाले खेलमा अग्रता बनायो । उसका लागि मेस्सीले गोल गर्न सफल भए । खेलको सुरुवातमा नै अग्रता बनाएको अर्जे्न्टिनाविरुद्ध ब्राजिलले बारम्बार दबाव दिए पनि गोल फर्काउन सकेन । जसका कारण ब्राजिलविरुद्ध अर्जे्न्टिनाले साघुँरो जित निकाल्यो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६ शनिबार ००:००  १० : १५ बजे