काठमाडौं ।
रौतहट राजपुर बम काण्डमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका नेपाली कांग्रेसका निलम्बित सांसद अफताव आलमलाई रातारात ललितपुरको नख्खु कारगार ल्याइएको छ ।
आलमलाई जिल्लामा राख्नसमेत जोखिम देखिएपछि उनलाई अदालतले थुनामा राख्न आदेश दिएकै दिन शुक्रबार राति नख्खु कारागार ल्याइएको हो ।
स्रोतका अनुसार डिल्लीबजार सदरखोर आउने आलमको चाहना भए पनि गृह मन्त्रालयले धेरै भीभीआईपी कैदी एकैठाँउ राख्न सहमति नदिएपछि उनलाई नख्खु कारागार ल्याइएको हो ।
रौतहट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भुपेन्द्र खत्रीले आलमलाई नख्खु कारागार र्पुयाएर प्रहरी टोली फर्किने तयारीमा रहेको जानकारी दिए ।
प्रतिक्रिया