बिष्णु कुमार आले, अर्घाखाँची ।
दुवै मृगौला फेल भएर पीडित बनेका अम्मर नेपालीले भावुक हुँदै भन्छन्, मलाई बचाइदिनुस् ! अर्घाखाँची शितगंगा ४ ठाडा रातामाटा निवासी २२ बर्षीय अम्मर नेपालीको दुवै मृगौला फेल भएपछि अहिले उनी जीवन मरणको दोसादमा बाँचिरहेका छन् ।
२२ वर्षको उमेरमा नै दुवै मृगौला फेल भएपछि राम्रो खाने, लाउने उनको सपनामाथी अहिले रोग पहाड बनेर उभिएको छ । तर जीवन मरणको दोसादमा रहेका उनलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ ।
४९ बर्षीय बुवा बिरेन्द्र नेपाली र ४३ बर्षीय आमा देवका नेपालीको कोखबाट माईला छोराको रूपमा जन्मिएका अम्मर नेपालीले डिप्लोमा ईन्जिनियरिङ शिक्षा हासिल गरेर उनले नवलपरासीमा ४ महिना अघि देखि राम्रो जागिर गर्न सुरू गरेका थिए । तर सबै अप्ठ्यारासंग बिजय हासिल गर्न सकेपनी रोगसँग लड्न गाह्रो हुदो रहेछ । पछिल्लो समय उनले आँखा देख्न कठिन भएपछि अस्पताल चेकजाँच गर्न पुग्दा चिकित्सकले तपाईको दुबै मृगौला फेल भएर एक्कासी प्रेसर बढेर आँखा देख्न समस्या भएको सल्लाह दिए पछि उनी आफू माथि सिङ्गो आकाश खसे जस्तो झसङ्ग भए ।
चिकित्सकले दुबै मृगौला प्रत्यारोपण गरेपछि ठिक हुने सल्लाह दिएपछि अहिले उनले सबै सँग आर्थिक सहयोगको याचना गरिरहेका छन् । केही भएको पैसा पनि उपचारको क्रममा सकिएपछि अहिले आर्थिक अभावले उनको पिडालाई झन् बल्झाईरहेको छ । नयाँ जीवनको आशामा बाँचिरहेका पिडित अम्मरले सहयोगको लागि सबै सामु अपिल गरेका छन् ।
टिचिङ अस्पताल महाँराजगंज काठमाडौंमा उपचार गरिरहेका अम्मरको आर्थिक अवस्था निकै कमजोर भएकाले थप उपचारका लागि आर्थिक समस्या भएको हो । सामान्य परिवारमा जन्मिएका अम्मरले भर्खरै पढाई सकेर जागिर गर्न सुरू गरेका थिए । तर बिडम्बना दुबै मृगौला फेल भएपछि अहिले उनी अस्पतालको शैयामा छट्पट्टी रहेका छन् ।
दुबै मृगौला प्रत्यारोपण गर्न ३० देखि ३५ लाख आर्थिकको जोहो गर्न चिकित्सकले भनेका छन् तर यति ठूलो पैसा कहाँबाट कसरी ल्याउने उनका बाबु बिरेन्द्र नेपालीले रूदै छोराको ज्यान बचाई दिन सबैलाई आग्रह गरेका छन् । ‘घरमा अलि अलि भएको पैसा पढाउदैमा सकियो अब त छोराले कमाउने भयो केही साहारा हुन्छ भन्ने बेलामा छोरालाई रोग लाग्यो । के गर्नु हामी गरिबका कहिले नै सुखका दिन आउने भएन गह भरि आँसु झार्दै ४३ बर्षीय आमा देवका नेपालीले भन्छिन् मृगौला मिल्यो भने म आफ्नो मृगौला दिएर भएपनि छोरालाई बचाउँछु ।’ उनले छोराको उपचारका लागि सहयोग गर्न सबैसँग आग्रह गरेकी छिन् ।
अम्मर नेपालीको नाममा रहेको साइन रेसुंगा डेभलपमेन्ट बैंकको खाता नं. 00700700093015000001, एन.एम.बी. बैंकको खाता नं. 0350117668900017 र कुमारी बैंकको खाता नं. 0160043565200001 मा रकम जम्मा गर्न सकिने बताईएको छ । यस्तै अम्मर नेपालीको फोन नं. 9869946501,9811939391, बुवा बिरेन्द्र नेपालीको फोन नं. 9807410400, अङ्कल टोपेन्द्र नेपालीको फोन नं. 9824479199 र मामा डेन बहादुर नेपालीको फोन नं. 9821570612 मा टेलिफोन गरेर पनि सहयोग गर्न सकिने उनले जानकारी दिए । परिवारले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीसँग पनि सहयोगको अपिल गरेका छन् ।
३० कार्तिक २०७६ शनिबार ००:००
6
Shares
प्रतिक्रिया