मायादेवी अनलाइन, चन्द्रौटा ।
आगामी मङ्सिर १४ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा कपिलवस्तुको एउटा वडामा चुनाव हुँदैछ । जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित शिवराज नगरपालिकामा वडा नं.१० मा चुनाव हुन लागेको हो ।
तत्कालिन वडाध्यक्ष शकुन्तला भारतीको निधन भएपछि यो वडामा उपनिर्वाचन हुन लागेको हो । स्वर्गीय भारती स्वतन्त्रबाट निर्वाचित हुनुभएको थियो ।
चुनावी अभियान अन्तर्रगत बुधबार उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अन्तर्रगत उम्मेदवार विरुद्ध उजुरी खुल्ला छ ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–१० का वडाध्यक्ष पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार देवराज भारतीको विरोधमा स्वतन्त्र उम्मेदवार शिवभक्त ठाकुर (नाउ) को उजुरी परेको छ । देवराज स्वर्गीय शकुन्तलाकी छोरा हुन् । देवराजलाई कांग्रेसले उम्मेद्वार बनाएको छ । आमा स्वतन्त्रबाट जितेपनि छोरालाई कांग्रेसले टिकट दिएको हो ।
यस्तै पाँचथरको फिदिम नगरपालिका–१ का वडाध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) का उम्मेदवार जानुका थाम्सुहाङको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मिलन गिरीको उजुरी दर्ता भएको छ । आयोगका अनुसार कूल ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदको लागि उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम थियो ।
प्रतिक्रिया